नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् ।

यस्तै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्तिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पुगेका थिए ।

फोटो : प्रदिपराज वन्त

स्टेजमै पुगेर माधव नेपालले देउवासँग हात मिलाउदै देउवालाई पहिलो बधाई दिएका हुन् ।

त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

फोटो : प्रदिपराज वन्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here