नारा-जुलुससहित बालकोट पुगे ओली (फोटो र भिडियोसहित)

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका छन्। ओली तीन वर्ष चार महिना प्रधानमन्त्री भएर आज बालकोट निवास सरेका हुन्।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए। एमाले अध्यक्ष रहेका ओलीलाई कार्यकर्ता, युवा संघ नेपाल, अनेरास्ववियूले दर्जनौँ गाडी र मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गरेर लगेका छन्। तर पानी परेकाले ओलीको स्वागत र्‍यालीलाई बिथोलेको छ ।

एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम राखेका थिए। ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल, अनेरास्ववियू र खेलकुद महासंघले तयारी गरेको हो।

काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो । कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढलेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्।

देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको