नेकपाको चियापान बुधबार, १ लाख निमन्त्रण कार्ड बाँडियो

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चियापानको तयारी पूरा भएको बताएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले यहि असोज २९ गते बुधबार चियापान कार्यक्रम आयोजना गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोजाग्रत पूर्णिमाकै दिन चियापानको आयोजना गरेको थियो ।

चियापानका लागि १ लाख निमन्त्रण कार्ड बाँडिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ । “नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,” उनले भने ।

मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो । तत्कालीन एमालेले कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान गर्थ्यो  । नेकपाले कोजाग्रत पूर्णिमाको तीन दिनपछि चियापानको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएपछि सुरू गरेको चियापान कार्यक्रम अहिले संस्कृति नै बनेको छ ।

काङ्ग्रेसको चियापान अघिल्ला वर्षभन्दा निकै व्यवस्थित भएको भन्दै प्रशंसा भएको थियो ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको