विकास देख्‍नु भएन, आँखा खोलेर हेर्नुहोस् : प्रधानमन्‍त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास गर्न सकेन भन्नेलाई आँखा खोलेर विकास हेर्न आग्रह गरेका छन्। बुधबार आयोजित नेकपाको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले सबैलाई दसैं, तिहार र छठको शुभकामना दिँदै विकास हेर्न गाउँ जान आग्रह गरेका हुन्। ‘सरकारले केही पनि गरेर भनेर हल्ला गर्नेलाई मेरो आग्रह छ’, प्रधानमन्त्री ओलीले भने, ‘गाउँमा गएर आँखा खोलेर विकास हेर्नुहोस्।’

ओलीले विकासको अनुभूति सहरमा गाडीमा गुड्नेले नगरे पनि गाउँका जनताले गरेको दाबी गरे। ‘सरकारले एक सय रुपैयाँ दिएर बैंक खाता खोल्ने अभियान थालेका छौँ’, उनले भने, ‘यो अभियानले गाउँगाउँका जनताको बैंक खाता भएको छ।’

ओलीले सरकारले तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गरिरहेको, नेपालको पानी, जनताको लगानी कार्यक्रम अघि सारेको, पोखरा र भैरहवामा ठूला विमानस्थल तयार गरेको उल्लेख गरे।

उनले साना र ठूला देशसँग समान रुपमा सम्बन्ध स्थापना गरिरहेको अवस्थामा पनि सरकारले काम गरेन भनेर हल्ला गर्नेका पछाडि नलाग्न आग्रह गरे। ओलीले वैदेशिक लगानी बढ्दै गएको दाबीसमेत गरेका छन्।

दसैं, तिहार, छठको अवसरमा आयोजित चियापानमा सहभागी सबैलाई शुभकामना दिँदै ओलीले चाडपर्वले आपसी सम्बन्ध बलियो बनाउने उल्लेख गरे।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको