विकास देख्‍नु भएन, आँखा खोलेर हेर्नुहोस् : प्रधानमन्‍त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास गर्न सकेन भन्नेलाई आँखा खोलेर विकास हेर्न आग्रह गरेका छन्। बुधबार आयोजित नेकपाको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले सबैलाई दसैं, तिहार र छठको शुभकामना दिँदै विकास हेर्न गाउँ जान आग्रह गरेका हुन्। ‘सरकारले केही पनि गरेर भनेर हल्ला गर्नेलाई मेरो आग्रह छ’, प्रधानमन्त्री ओलीले भने, ‘गाउँमा गएर आँखा खोलेर विकास हेर्नुहोस्।’

ओलीले विकासको अनुभूति सहरमा गाडीमा गुड्नेले नगरे पनि गाउँका जनताले गरेको दाबी गरे। ‘सरकारले एक सय रुपैयाँ दिएर बैंक खाता खोल्ने अभियान थालेका छौँ’, उनले भने, ‘यो अभियानले गाउँगाउँका जनताको बैंक खाता भएको छ।’

ओलीले सरकारले तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गरिरहेको, नेपालको पानी, जनताको लगानी कार्यक्रम अघि सारेको, पोखरा र भैरहवामा ठूला विमानस्थल तयार गरेको उल्लेख गरे।

उनले साना र ठूला देशसँग समान रुपमा सम्बन्ध स्थापना गरिरहेको अवस्थामा पनि सरकारले काम गरेन भनेर हल्ला गर्नेका पछाडि नलाग्न आग्रह गरे। ओलीले वैदेशिक लगानी बढ्दै गएको दाबीसमेत गरेका छन्।

दसैं, तिहार, छठको अवसरमा आयोजित चियापानमा सहभागी सबैलाई शुभकामना दिँदै ओलीले चाडपर्वले आपसी सम्बन्ध बलियो बनाउने उल्लेख गरे।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको