रामेछाप – नेपाली सेनाद्वारा विमान दुर्घटना हुदा अपनाउने सुरक्षा तथा उद्दार विधि सम्बन्धि अाज मन्थलीमा नमुना अभ्यास प्रदर्शन गरिएकाे छ ।

रामेछापकाे सदरमुकाम मन्थलीकाे  एर्पाेटमा केही समयदेखि साेलुखुम्बु जाने विमानकाे चाप बढेकाे छ । एर्पाेटमा विमानकाे चाप बडेसगै कुनै पनि बेला हुन सक्ने विमान दुर्घटनालाई लक्षित गर्दै नेपाली सेना गाेरख गण रामेछापले दुर्घटनाका बेला उद्वारका क्रममा अपाइने सुरक्षा तथा सतर्कता सम्बन्धि अभ्यास प्रदर्शन गरिएकाे हाे ।

दुर्घटना कुनैपनि बेला हुन सक्ने हुदा दुर्घटना हुनु पहिले नै उक्त अवस्थामम अावस्यक  ज्ञान, सीप ,साधन तथा जनशक्तिकाे भुमिका बारेमा जानकारी गराउने उद्देश्यले साे नमुना प्रस्तुत गरिएकाे प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जानकारी दिनुभयाे ।
नमुना अभ्यासमा एर्पाेटमा उडानकाे तयारीमा रहेकाे विमानमा अागाे लागेकाे देखाईकाे थियाे । उक्त विमानमा लागेकाे अाकाे नियन्त्रणका लागि दम्कल पानी तथा फायर ग्यासकाे सहयोगबाट अागाे नियन्त्रणमा लिन सफल भएकाे थियाे । त्यसै गरि अागाे नियन्त्रणमा अाएपछि विमानमा सवार यात्रुहरुकाे उद्वार गरि उपचारका लागि अस्पताल पुर्याईकाे नमुना प्रस्तुत गरिएकाे थियाे ।

जिल्ला विपद व्यवस्थापन समितिकाे रामेछापकाे समन्वयमा नेपाली सेना गाेरख गण रामेछापले उक्त नमुना अभ्यास प्रस्तुत गरेकाे हाे । साे अभ्यास हेर्न जिल्ला समन्वय समितिका अध्यक्ष  प्रेम खड्का, मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत , प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसि,  जिल्ला प्रहरी कार्यालय  रामेछापका प्रमुख, सन्ताेष भट्टराई लगाएल स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here