निर्माण सामाग्री मार्फत ठगी गर्ने २३ डिपोका संचालक पक्राउ 

काठमाडौं – निर्माण सामग्री विक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंमा २३ वटा डिपोका संचालकहरु पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडांैमा पत्रकार सम्मेलन गरी स्वयम्भू, बालाजु र महाराजगंजबाट ईटा, गिटी, बालुवालगायतका निर्माण सामग्री ठगीको आरोपमा २३ वटा डिपोका संचालकहरु पक्राउ गरिएको जानकारी गराएको हो । उपभोक्ता हित संरक्षण मंचलगायतले उजुरी जारी गरेपछि छापा मार्दा २३ वटा डिपोका संचालकहरुलाई पक्राउ गरी गठी मुद्दामा अनुसन्धान सुरु गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ३५ वटा ट्रक पनि नियन्त्रणमा लिएको छ । महाशाखाका अनुसार उनीहरुले ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको विक्रीमा ठगी गर्ने गरेको पाइएको छ । वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले काठमाडौंमा निर्माण सामग्रीको ठगीमा परेका उपभोक्तालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दै सम्बन्धित डिपोबाट क्षतिपूर्ति दिने व्यवस्था मिलाउने पनि बताए ।

यसरी ठगी गरी पक्राउ पर्नेमापक्राउ पर्ने डिपो संचालकहरुमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र ईन्टरप्राईजेज सप्लायर्सका वीरेन्द्र कुईकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दिपेन्द्र केसी, कामना ईन्टरप्राईजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका बाघे भन्ने सुक बहादुर लामा, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्‍वर सप्लायर्सका महेश्‍वर श्रेष्ठ, धनेश्‍वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्याम बहादुर मगर, नो नेम सप्लायर्सका पुष्कर थापा, श्री काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोप नारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोग बहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंह बहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको