काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक शंखमुलस्थि एक क्याफेमा जारी छ ।
एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले नेताहरू बोलाएर छलफल थालेका हुन् ।
बैठकमा भीम रावल पनि सहभागी छन् । यसअघि भएको बैठकमा भने रावल सहभागी थिएनन् । लगत्तै माधव नेपाल टोखास्थित निवासमा गएर रावललाई भेटेका थिए ।
बैठकमा नेता नेपालसहित घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मेटमणी चौधरीलगायतका नेताहरु उपस्थित छन् ।नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबै नेताहरुलाई छलफलमा बोलाएको हाे ।
आजको बैठकमा पार्टी फुटाएर जाने वा एमालेमा रहेर संघर्ष गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेपाल समूहका नेता मेटमणी चौधरीले सरकारमा जाने विषयमा समेत छलफल हुने जानकारी दिए ।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीचको विवाद अझै साम्य हुन सकेको छैन । तर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै दोस्रो तहका नेताहरूले छलफललाई तीव्र बनाएका छन्