यस्तो छ आज देशभरको मौसम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी–मध्य भागमा एउटा निम्न चापीय प्रणाली विकशित भइरहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेशमा अर्को निम्न चापीय प्रणाली अवस्थित छ । यससँगै उत्तर–पश्चिमी भारतमा पश्चिमी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको भन्दै त्यस क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

हाल देशको पश्चिमी भेगका केही स्थानमा मौसम सामान्यतया सफा रहे तापनि बाँकी भागमा भने सामान्य बदली भइरहेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार (आज) दिउँसो देशको मध्य, पूर्वी तथा पश्चिमी भागमा आंशिक बदली रहने जनाएको छ । मध्य, पूर्व र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मध्य तथा पूर्वी हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सोमबार राति आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी पहाडी भू–भागका केही र पश्चिमी पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशको मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार राति मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो देशभर आंशिक बदली रहने तथा पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार राति देशभर बदली रही मध्य र पूर्वी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको