यस्तो छ आज देशभरको मौसम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी–मध्य भागमा एउटा निम्न चापीय प्रणाली विकशित भइरहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेशमा अर्को निम्न चापीय प्रणाली अवस्थित छ । यससँगै उत्तर–पश्चिमी भारतमा पश्चिमी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको भन्दै त्यस क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

हाल देशको पश्चिमी भेगका केही स्थानमा मौसम सामान्यतया सफा रहे तापनि बाँकी भागमा भने सामान्य बदली भइरहेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार (आज) दिउँसो देशको मध्य, पूर्वी तथा पश्चिमी भागमा आंशिक बदली रहने जनाएको छ । मध्य, पूर्व र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मध्य तथा पूर्वी हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सोमबार राति आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी पहाडी भू–भागका केही र पश्चिमी पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशको मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार राति मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो देशभर आंशिक बदली रहने तथा पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार राति देशभर बदली रही मध्य र पूर्वी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सिफारिस

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको