रामेछाप विमानस्थलमा उडान चापसँगै सुरक्षामा यति धेरै लापरबाही किन ?

रामेछाप – रामेछाप विमानस्थलमा अहिले हवाई उडान र अवतरणको चाप छ । जति चाप छ, त्यति नै लापरवाहि पनि छ । विमानस्थलमा सर्वसाधारणले देखेका र लुकाउनै नसक्ने केहि लापरवाहि निम्न छन ।

लापरवाहि नम्बर १ .

विमानस्थलका एटिसी उड्नका लागि र वस्नका लागि मात्र अनुमति दिने काममा तल्लिन छन् । विमानस्थलबाट जहाज उड्ने बेला र वस्ने वेलाको सुरक्षा र उडानमा ख्याल दिदैनन् । त्यसको उदाहरण केहि महिना अघि तारा एयरको विमान आकाशे पुल छुने गरी होचिएर विमानस्थल तिर तरकारीबारीको पोल ठोक्दै आउदा उनले होचोमा उडिरहेको विमानका चालकलाई जहाजलाई माथि लैजाउ भनेर भन्न सकेनन् । जसले गर्दा जहाज पोलमा ठोकिएर क्षति भयो । धन्न यात्रु जोगीए । ठुलो दुर्घटना भएन । बच्यो ।

होचोमा या अस्वभाविक उडानमा एटिसीले जहाजलाई कमाण्ड गरिनु पर्दछ । उदाहरणको लागि विमान बंगालादेशको जहाज काठमाण्डौं विमानस्थलमा दुर्घटना भएको दिन एटिसीले त्यसलाई जोगाउन र सहि स्थानबाट विमानस्थलमा आउनका लागि अथक प्रयास गरेको कुराको अडियो नै बाहिरीएको थियो । तर रामेछापमा त्यस्तो भएन । दोष जहाजलाई दिईयो ।

लापरवाहि नम्बर : २

केहि दिन अघि मात्र सीता एयरको विमान रामेछापबाट लुक्लाका लागि उडान गर्ने क्रममा इन्जीनमा बकुल्ला ठोकिएर ठुलो दुर्घटनाबाट जोगियो । विमान उड्नका लागि धावनमार्गमा पुग्दा विचमा धेरै बकुल्ला भएको देखेर पनि एटिसीले त्यसलाई उडनका लागि अनुमति दिए । विमानस्थलमा चरा या अन्य जनावार देखीए त्यसलाई हटाएर मात्र विमान उड्न र अवतरण गर्न दिने गरीन्छ । तर रामेछापमा भने उडाउन पाए भयो भन्ने हिसावले लापरवाहि गरीदै आएको छ । गएको सिजनमा पनि विमानस्थल भित्र कुकुर दौडिरहदा उडान र अवतरण गराइएको थियो । जुन अति जोखिम काम हो । कुकुर र विमान सगसगैं कुदेको पनि देखिएको थियो ।


लापरवाहि नम्बर ३
विमानस्थल भित्र सर्वसाधारणले सहज प्रवेश पाउदैनन । जुन स्वभाविकै हो । तर मन लागेको व्यक्तिलाई विमानस्थल भित्र पसाएर मोटर सिक्ने गराईन्छ । आयल निगमका ट्याकर सम्म विमानस्थलको धावन मार्ग हुदै गुडेका , दारु खाएर राति गाडि सिकेको, मोटरसाईकल र स्कुटी सिकेका फोटाहरु सुरक्षित छन । म्युजियममा झै विमानसम्म पुगेर धेरैले फोटो खिचेर पोष्ट गरेका छन । जुन एटिसीको बद्मासीको रुपमा हेरीएको छ ।

लापरवाहि नम्बर ४
लुक्ला जानका लागि यात्रु हाल्ने क्रममा कतिपय अवस्थामा विमानले इन्जीन अफ गर्दैनन । हतारमा इन्जीन घुमाएरै यात्रु भर्छन र उड्छन । नागरिक उडड्यनको सुरक्षा कानुन बमोजिम त्यस्तो गर्नु गम्भिर लापरवाहि हो । पाईलटले इन्जीन अफ नगरी विमानमा यात्रु हाल्दै गरेको देख्ने एटिसीले कुनै कदम नचालेर छोडीदिनु भनेको चरम र गम्भिर पदिय दुरुपयोग हो । यस्तो कार्य हुदा कुनैपनि दिन पंखाले काटेर मान्छे ढलेको सुन्दा अनौठो हुने छैन । यसमा विमानस्थल प्रमुख अमित चौरसियाको सोह्रैआना बदमासी र चरम लापरवाहि नै हो ।

लापरवाहि नम्बर ५
रामेछाप विमानस्थलमा जम्मा ४ वटा जहाज पार्किङ्ग गर्ने ठाउँ डिजाईन गरी वनाइएको छ । तर विमान कम्पनी संगको सेटिंगमा एटिसी अमित चौरसियाले ६ वटा सम्म जहाज पार्किङ्ग गर्न दिईरहेका छन । जुन सुरक्षाका हिसावले गम्भिर लापरवाहि हो । विमान चालकको थोरै असावधानि भएमा एक जहाजले अर्कोलाई ठोक्ने गरी पार्किङ्ग गर्दा पनि चौरसिया नवोल्नु दालमा कुछ कालो छ । विगतमा काठमाण्डौं विमानस्थलमा एक विमानले थोरै कमाण्ड गुमाउदा अर्कोलाई हानेका उदाहरणहरु थुप्रै छन ।

लापरवाहि नम्बर ६
विमानस्थलमा पर्यटक खचाखच हुदा उनिहरुका लागि सामान्य सुविधा विमानस्थल कार्यालयले दिन सकेको छैन । काउन्टरहरु व्यवस्थित छैनन । सौचालयको विजोग छ । यात्रुका लागि वस्ने कुर्चिहरुको व्यवस्था छैन । प्रति यात्रु कर असुल्ने विमानस्थल कार्यालयले न्यूनतम सुविधा उपलव्ध गराउन नसक्दा यात्रुले कष्ट वेहोरेका छन । विमानस्थलका प्रमुख भने कसैले देख्ला र कमेन्ट गर्ला भनेर छोप्न खोजिरहेका छन । नागरिकलाई सूचना दिनु पर्ने पत्रकारहरुलाई भित्र जान दिदैनन । घुम्न जानेलाई प्लेन भित्र राखेर फोटो खिचाएर फर्काउछन ।

लापरवाहि नम्बर ७
विमानस्थल वरिपरीको तारवार वन्दिलो नगर्दा स्याल कुकुरहरु पस्ने गरेका छन । दरिलो तारबारको प्रवन्ध गरी उडान सुरक्षा गर्न चौरसियाले सकेका छैनन । जसका कारण कुनैपनि दिन दुर्घटना हुने त्रास कायमै छ ।

लापरवाहि नम्बर ८

रामेछापबाट लुक्ला उड्ने जहाज कम्पनीहरुले आफ्नो वेबसाईडमा राखेको उडान सेडिउलमा रामेछाप–लुक्ला उडान समावेश गरेका छैनन । उडान तालिका नै नभएको विमान कम्पनीहरुका विमानलाई कसरी व्यवसायीक उडान भर्न दिएको भन्ने प्रश्न बारेमा नागरिक उड्डयन कार्यालय बेखवर छ । वेबसाईडमा काठमाण्डौ लुक्ला भनेका उडान रामेछापबाट उडाइरहदा भोलीका दिनमा विपत परेका यात्रुका परिवारलाई कसरी विमा दावि गर्ने भन्ने बारेमा अन्यौल छ । एकातिरको उडान अर्को तिरबाट गराउदा त्यो लापरवाहि हो कि हैन । के विमान कम्पनीले वास्तविक उडान तालिका राख्न सक्दैनन ? नागरिक उडड्यन प्रँधिकरण नियमक निकाय हो कि , जसो जसो निजी विमान कम्पनी उसोउसो हो ? । हैन भने निजी विमान कम्पनीका कर्मचारी संग मिलेमतोमा यस्तो गैरजिम्मेवार काम किन भइरहेको छ ?

लापरबाहि नम्बर ९

उडान पछि हरेक जहाज चेक गर्नु अनिवार्य शर्त जस्तै हो । तर लुक्लाका लागि उडेका जहाज हरु उड्न र वस्न पाए पुग्यो । जति चाडो लुक्लामा मानिस झार्न सक्यो, त्यति फाईदा भनेर विमान कम्पनीका कर्मचारी, हवाई नियमन गर्ने निकायका प्रमुख एटिसी र विमान चालकहरु हतारिन्छन । यो पनि लापरवाहिकै चरम नमुना हो ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको