रामेछाप विमानस्थलमा उडान चापसँगै सुरक्षामा यति धेरै लापरबाही किन ?

रामेछाप – रामेछाप विमानस्थलमा अहिले हवाई उडान र अवतरणको चाप छ । जति चाप छ, त्यति नै लापरवाहि पनि छ । विमानस्थलमा सर्वसाधारणले देखेका र लुकाउनै नसक्ने केहि लापरवाहि निम्न छन ।

लापरवाहि नम्बर १ .

विमानस्थलका एटिसी उड्नका लागि र वस्नका लागि मात्र अनुमति दिने काममा तल्लिन छन् । विमानस्थलबाट जहाज उड्ने बेला र वस्ने वेलाको सुरक्षा र उडानमा ख्याल दिदैनन् । त्यसको उदाहरण केहि महिना अघि तारा एयरको विमान आकाशे पुल छुने गरी होचिएर विमानस्थल तिर तरकारीबारीको पोल ठोक्दै आउदा उनले होचोमा उडिरहेको विमानका चालकलाई जहाजलाई माथि लैजाउ भनेर भन्न सकेनन् । जसले गर्दा जहाज पोलमा ठोकिएर क्षति भयो । धन्न यात्रु जोगीए । ठुलो दुर्घटना भएन । बच्यो ।

होचोमा या अस्वभाविक उडानमा एटिसीले जहाजलाई कमाण्ड गरिनु पर्दछ । उदाहरणको लागि विमान बंगालादेशको जहाज काठमाण्डौं विमानस्थलमा दुर्घटना भएको दिन एटिसीले त्यसलाई जोगाउन र सहि स्थानबाट विमानस्थलमा आउनका लागि अथक प्रयास गरेको कुराको अडियो नै बाहिरीएको थियो । तर रामेछापमा त्यस्तो भएन । दोष जहाजलाई दिईयो ।

लापरवाहि नम्बर : २

केहि दिन अघि मात्र सीता एयरको विमान रामेछापबाट लुक्लाका लागि उडान गर्ने क्रममा इन्जीनमा बकुल्ला ठोकिएर ठुलो दुर्घटनाबाट जोगियो । विमान उड्नका लागि धावनमार्गमा पुग्दा विचमा धेरै बकुल्ला भएको देखेर पनि एटिसीले त्यसलाई उडनका लागि अनुमति दिए । विमानस्थलमा चरा या अन्य जनावार देखीए त्यसलाई हटाएर मात्र विमान उड्न र अवतरण गर्न दिने गरीन्छ । तर रामेछापमा भने उडाउन पाए भयो भन्ने हिसावले लापरवाहि गरीदै आएको छ । गएको सिजनमा पनि विमानस्थल भित्र कुकुर दौडिरहदा उडान र अवतरण गराइएको थियो । जुन अति जोखिम काम हो । कुकुर र विमान सगसगैं कुदेको पनि देखिएको थियो ।


लापरवाहि नम्बर ३
विमानस्थल भित्र सर्वसाधारणले सहज प्रवेश पाउदैनन । जुन स्वभाविकै हो । तर मन लागेको व्यक्तिलाई विमानस्थल भित्र पसाएर मोटर सिक्ने गराईन्छ । आयल निगमका ट्याकर सम्म विमानस्थलको धावन मार्ग हुदै गुडेका , दारु खाएर राति गाडि सिकेको, मोटरसाईकल र स्कुटी सिकेका फोटाहरु सुरक्षित छन । म्युजियममा झै विमानसम्म पुगेर धेरैले फोटो खिचेर पोष्ट गरेका छन । जुन एटिसीको बद्मासीको रुपमा हेरीएको छ ।

लापरवाहि नम्बर ४
लुक्ला जानका लागि यात्रु हाल्ने क्रममा कतिपय अवस्थामा विमानले इन्जीन अफ गर्दैनन । हतारमा इन्जीन घुमाएरै यात्रु भर्छन र उड्छन । नागरिक उडड्यनको सुरक्षा कानुन बमोजिम त्यस्तो गर्नु गम्भिर लापरवाहि हो । पाईलटले इन्जीन अफ नगरी विमानमा यात्रु हाल्दै गरेको देख्ने एटिसीले कुनै कदम नचालेर छोडीदिनु भनेको चरम र गम्भिर पदिय दुरुपयोग हो । यस्तो कार्य हुदा कुनैपनि दिन पंखाले काटेर मान्छे ढलेको सुन्दा अनौठो हुने छैन । यसमा विमानस्थल प्रमुख अमित चौरसियाको सोह्रैआना बदमासी र चरम लापरवाहि नै हो ।

लापरवाहि नम्बर ५
रामेछाप विमानस्थलमा जम्मा ४ वटा जहाज पार्किङ्ग गर्ने ठाउँ डिजाईन गरी वनाइएको छ । तर विमान कम्पनी संगको सेटिंगमा एटिसी अमित चौरसियाले ६ वटा सम्म जहाज पार्किङ्ग गर्न दिईरहेका छन । जुन सुरक्षाका हिसावले गम्भिर लापरवाहि हो । विमान चालकको थोरै असावधानि भएमा एक जहाजले अर्कोलाई ठोक्ने गरी पार्किङ्ग गर्दा पनि चौरसिया नवोल्नु दालमा कुछ कालो छ । विगतमा काठमाण्डौं विमानस्थलमा एक विमानले थोरै कमाण्ड गुमाउदा अर्कोलाई हानेका उदाहरणहरु थुप्रै छन ।

लापरवाहि नम्बर ६
विमानस्थलमा पर्यटक खचाखच हुदा उनिहरुका लागि सामान्य सुविधा विमानस्थल कार्यालयले दिन सकेको छैन । काउन्टरहरु व्यवस्थित छैनन । सौचालयको विजोग छ । यात्रुका लागि वस्ने कुर्चिहरुको व्यवस्था छैन । प्रति यात्रु कर असुल्ने विमानस्थल कार्यालयले न्यूनतम सुविधा उपलव्ध गराउन नसक्दा यात्रुले कष्ट वेहोरेका छन । विमानस्थलका प्रमुख भने कसैले देख्ला र कमेन्ट गर्ला भनेर छोप्न खोजिरहेका छन । नागरिकलाई सूचना दिनु पर्ने पत्रकारहरुलाई भित्र जान दिदैनन । घुम्न जानेलाई प्लेन भित्र राखेर फोटो खिचाएर फर्काउछन ।

लापरवाहि नम्बर ७
विमानस्थल वरिपरीको तारवार वन्दिलो नगर्दा स्याल कुकुरहरु पस्ने गरेका छन । दरिलो तारबारको प्रवन्ध गरी उडान सुरक्षा गर्न चौरसियाले सकेका छैनन । जसका कारण कुनैपनि दिन दुर्घटना हुने त्रास कायमै छ ।

लापरवाहि नम्बर ८

रामेछापबाट लुक्ला उड्ने जहाज कम्पनीहरुले आफ्नो वेबसाईडमा राखेको उडान सेडिउलमा रामेछाप–लुक्ला उडान समावेश गरेका छैनन । उडान तालिका नै नभएको विमान कम्पनीहरुका विमानलाई कसरी व्यवसायीक उडान भर्न दिएको भन्ने प्रश्न बारेमा नागरिक उड्डयन कार्यालय बेखवर छ । वेबसाईडमा काठमाण्डौ लुक्ला भनेका उडान रामेछापबाट उडाइरहदा भोलीका दिनमा विपत परेका यात्रुका परिवारलाई कसरी विमा दावि गर्ने भन्ने बारेमा अन्यौल छ । एकातिरको उडान अर्को तिरबाट गराउदा त्यो लापरवाहि हो कि हैन । के विमान कम्पनीले वास्तविक उडान तालिका राख्न सक्दैनन ? नागरिक उडड्यन प्रँधिकरण नियमक निकाय हो कि , जसो जसो निजी विमान कम्पनी उसोउसो हो ? । हैन भने निजी विमान कम्पनीका कर्मचारी संग मिलेमतोमा यस्तो गैरजिम्मेवार काम किन भइरहेको छ ?

लापरबाहि नम्बर ९

उडान पछि हरेक जहाज चेक गर्नु अनिवार्य शर्त जस्तै हो । तर लुक्लाका लागि उडेका जहाज हरु उड्न र वस्न पाए पुग्यो । जति चाडो लुक्लामा मानिस झार्न सक्यो, त्यति फाईदा भनेर विमान कम्पनीका कर्मचारी, हवाई नियमन गर्ने निकायका प्रमुख एटिसी र विमान चालकहरु हतारिन्छन । यो पनि लापरवाहिकै चरम नमुना हो ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको