देवेन्द्रराज कँडेलबारे बोल्यो कांग्रेस : अनुसन्धानबिना नै किटान गरेर समाचार नलेख्नु

ठमाण्डाै – कांग्रेस एवं पूर्व गृहराज्य मन्त्री सांसद देवेन्द्रराज कँडेलको दोहोरो नागरिकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति नेपाली प्रवक्ता विश्वप्रकाश शर्माले कँडेलको दोहोरो नागरिकताकाका विषयमा निष्पक्ष अनुसन्धानबिना नै किटान गरेर समाचार लेख्न नहुने भन्दै सचेत गराएका छन् ।

साथै उनले नागरिकतामाथि प्रश्न गर्दा हजार पटक सोचेर मात्रै कलमजीवीहरुले आफ्नो विश्वसनीयता जोगाउन कलम चलाउन पनि सुझाव दिएका छन् ।

‘व्यक्तिका कमजोरीमाथी खुलेरै बोलौं तर नागरिकतामाथि नै प्रश्न गर्नुअघि हजार पटक सोचेर गरौं, उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन् , ‘यो राजनीतिकर्मीको विषय मात्रै होइन कलमजीवीहरुको विश्वसनीयताको प्रश्न पनि हो ।’

उनले नागरिकताका विषयमा प्रश्न उठेपछि सांसद कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउने विश्वास पनि लिनुभएको छ ।

भारतको उत्तर प्रदेशकाे महाराजगञ्ज जिल्लाको ठुठीबारीस्थित राधाकुमारी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चुनाव लड्दै विजयी बनेपछि कँडेल भारतीय नागरिक रहेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

कांग्रेसले भने त्यो कलेज राणा शासन कालमा नै उनको हजुरआमा राधादेवीले नेपालमा खोल्न नपाएपछि नेपालीलाई पढाउनकै लागि सीमापारि गएर खोल्नु भएको र अहिले तेस्रो पुस्तामा आइपुग्दा त्यसको जिम्मेवारी देवेन्द्रराज कँडेलले  लिएको जनाएको छ ।

वि.सं.२०१५ मा देवेन्द्रराज कँडेलका बुवा पृथ्वीराज कँडेल कांग्रेसबाट सांसद बनेको स्मरण गर्दै नागरिकताको विषयमा प्रश्न उठाउँदा वास्तविकता बुझ्न पनि आग्रह गरेको छ । कांग्रेस प्रवक्ता शर्माले भने , ‘निष्पक्ष अनुसन्धान नगरी किटानी नलेख्नु, फर्जी ठहरे जेल पठाउनु ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको