जनकपुर – जनकपुरमा एक जना व्यावसायीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा जनकपुर वडा नम्बर २ वकिल टोलका मनोज साह छन् ।

उनी शिव आयलका सञ्चालक समेत हुन् । साहलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले जनकपुर १४ मुझेरीयाका पंकज चौधरीलाई पक्राउ गरेको छ ।

चौधरी स्थानीय ठेकेदार हुन् । साहले डिजलको पैसा लिन चौधरीको घरमा गएको बेला विवाद हुँदा उनीमाथि गोली प्रहार भएको आरोप साह परिवारको छ ।

साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here