सामाजिक सुरक्षा कोषले आफ्नो काम सुरु गरेको छ। कोषमा आवद्द २ जना योगदाताकर्ताको निधन भएकोले उनीहरुको परिवारलाई रकम उपलब्ध गराएको हो । क्लोजर सिस्टम्स इन्टरनेशनलमा कार्यरत इन्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङ मोक्तानको योजना सुरु भएपछि निधन भएको हो ।
योगदानकर्ताको निधन भएपछि कोषले मासिक निवृत्तिभरण खर्च वापत थापा र तामाङलाई क्रमश मासिक १७ हजार १ सय र १० हजार २ सय प्रदान गर्ने प्रक्रिया अगाडी बढेको कोषले जनाएको छ। यो उनीहरुको आधारभूत पारिश्रमिकको ६० प्रतिशत हो ।
त्यस्तै उनीहरुले संकलन गरेको रकम मध्ये बृद्धावस्था योजना अन्तर्गतको संकलित रकम, तथा प्रतिफल समेत जोडिन हुन् आउने रकम एकमुष्ट प्रदान गर्ने प्रक्रिया अगाडी बढेको कोषले जनाएको छ ।
दाहसंस्कार खर्च वापतको २५ हजार भने उनीहरुले पाईसकेका छन् ।