यस्ता छन् झन्डै साढे तीन वर्ष मुख्यमन्त्री हुँदा पोखरेलले गरेका ४५ महत्वपूर्ण काम

काठमाडौँ – पाँच वर्षे कार्यकाल पूरा गर्न १६ महिना मात्र बाँकी छँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्ता छोड्नुपर्यो । उनले तीन वर्ष पाँच महिना २५ दिन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न पाए।  मुख्यमन्त्रीबाट विदा हुँदै  यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई पोखरेलले धन्यवाद दिएका छन्।

एमाले राजनीतिमा प्रभावशाली, समन्वयका हिसाबले सहज, शालीन तथा अध्यनशील नेताको पहिचान बनाएका पोखरेलले आफ्नै गृहजिल्लाका दुईसहित ३ एमाले सांसदलाई साथ लिन नसकेका कारण कमजोर बन्दै सरकारबाट बाहिरिएका छन् ।

सरकारले बनाएका योजनामा प्रभावकारी ढंगले खर्च नभएपनि बजेट खर्चमा उल्लेख्य प्रगति गरेको छ । २०७५–७६ मा ६०.६४ प्रतिशत, २०७६–०७७ मा ६९.७७ प्रतिशत र २०७७–०७८ मा ८८.७६ प्रतिशत बजेट खर्च गरेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, स्मार्ट कृषि कार्यक्रम, कृषि एम्बुलेन्स, प्रदेश सहकारी बोर्ड गठनजस्ता कृषिका क्षेत्रमा उदाहरणीय काम भएको छ । प्रदेश सरकार गठन भएयता ४१ महिना २४ दिनमा ६२ वटा ऐन, ३३ नियम र १ सय भन्दा बढी कार्यविधि बनाइएको छ ।

१७७ वटा सिंचाइ बाँध मुहान निर्माण, ३५० किलोमिटर पक्की नहर निर्माण र ५२ वटा लिफ्ट सिंचाइ आयोजना निर्माण भएको तत्कालीन सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिएका छन् ।

यस्तै भूमिगत सिंचाइतर्फ १३४ वटा डिप ट्युबबेल निर्माण, २१९ वटा पम्प हाउस, २३२ किलोमिटर पाइप लाइनिङ विस्तार, ४७ किलोमिटर नदी नियन्त्रण, ११९३ हेक्टर जमिन नदीउकास भएको छ ।

यस्तै ३ सय किलोमिटर लम्बाइको प्रदेशको गौरवको आयोजना रामपूर कपुरकोट सडकको स्तरोन्नतिको काम जारी छ । यस्तैगरी सडक निर्माण, स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक विकासका क्षेत्रमा पनि सरकारले केही नयाँ कामको थालनी गरेको छ ।

आर्थिक विश्लेषण गर्नेहरुको तथ्यांकलाई केलाएर हेर्दा सबै प्रदेशभन्दा यो प्रदेश अगाडि रहेको देखिन्छ । संघीय प्रदेश रहेको बागमती प्रदेशलाई पनि केही विषयमा लुम्बिनीले उछिनेको छ । यसको श्रेय पोखरेलले नै पाउनेछन् ।

 मुख्यमन्त्री पोखरेलले आफ्नो कार्यकालमा के- के गरे ? यस्ता छन्  महत्वपूर्ण कामहरु  

१ प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन

२ कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण

३ प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षिय योजना निर्माण

४ कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता

५ आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्चसंरचना तयारगरी कार्यान्वयनको थालनी

६ प्रदेशको नाम लुम्विनी र स्थायि राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ्मा तोक्ने ऐतिहासिक निर्णय

७ कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण

८ सामाजिक र मानविय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी

९ दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी

१० लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी

११ ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका

१२ विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र वाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय

१३ स्मार्ट कृषि गाउ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम

१४ प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना

१५ आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्विनीवासीको भावना निर्माण

१६ सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता

१७ रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण

१८ प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।

१९ सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकासखर्चमा पारदर्शीता निर्माण

२० प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन

२१ एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल

२२ सिचाई, खानेपानी, तटवन्ध र सडकपुलमा सतप्रतिसतभन्दा वढि बजेटखर्च गर्ने क्षमताको विकास

२३ तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल

२४ केन्द्र र स्थानिय तहसंगको राम्रो समन्वय र सहकार्य

२५ औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल

२६ आगामी वर्ष झण्डै ८०वटा पुल निर्माण हुने अवस्थाको निर्माण

२७ केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा वढि बजेट परिचालन गर्न सफल

२८ केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण

२९ लुम्विनी प्रदेशको दिर्घकालिन योजनाको आधार तयार

३० ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।

३१ तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार

३२ प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ

३३ दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण

३४ प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको

३५ सुचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी

३६ प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानिय तहमा जनशक्ति विकासको थालनी ।

३७ पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको

३८ पालिकाहरुमा खेलपुर्वधारको विकास र वहुद्देश्यिय भवनको निर्माण

३९ विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि

४० मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था

४१ प्रदेशमा अवस्थित विश्वविद्यालयसंग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।

४२ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमवाट गरिवी निवारणमा महत्वपूर्ण योगदान

४३ राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना

४४ जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि

४५ सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको