उपनिर्वाचनको तयारीमा दल : कास्की–२ मा कसले मार्ला बाजी ?

काठमाडौं – कास्कीमा क्रियाशील राजनीतिक दल उपनिर्वाचनको तयारीमा जुटेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीले निर्वाचन तयारी व्यापक बनाएसँगै दलहरू पनि यो अभियानमा जुटेका हुन् । जिल्ला निर्वाचन कार्यालयले कार्यतालिका टाँस गर्नुका साथै मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले जिल्ला अदालतका प्रमुख न्यायाधीश काजीबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।

निर्वाचनकै लागि काठमाडौंमा हुने निर्वाचनसम्बन्धी तालिममा जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेन्द्रराज सुवेदी र निर्वाचन अधिकृत काजीबहादुर राई सहभागी हुने भएका छन् ।

तत्कालीन पर्यटनमन्त्री एवं सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार आठ सय ७१ मतदाता छन् ।

यसअघिको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की–२ मा अहिले एक हजार दुई सय २० जना थपिएर ७१ हजार आठ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।

कास्की–२ मा हुने निर्वाचनलाई बढो चासोका साथ हेरिएको छ । कास्की–२ मा नेकपाको बलियो स्थिति छ । अघिल्लो निर्वाचनमा स्वर्गीय अधिकारीले प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई आठ हजार पाँच सय ४६ मतान्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार दुई सय सात मत र चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको