उपनिर्वाचनको तयारीमा दल : कास्की–२ मा कसले मार्ला बाजी ?

काठमाडौं – कास्कीमा क्रियाशील राजनीतिक दल उपनिर्वाचनको तयारीमा जुटेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीले निर्वाचन तयारी व्यापक बनाएसँगै दलहरू पनि यो अभियानमा जुटेका हुन् । जिल्ला निर्वाचन कार्यालयले कार्यतालिका टाँस गर्नुका साथै मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले जिल्ला अदालतका प्रमुख न्यायाधीश काजीबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।

निर्वाचनकै लागि काठमाडौंमा हुने निर्वाचनसम्बन्धी तालिममा जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेन्द्रराज सुवेदी र निर्वाचन अधिकृत काजीबहादुर राई सहभागी हुने भएका छन् ।

तत्कालीन पर्यटनमन्त्री एवं सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार आठ सय ७१ मतदाता छन् ।

यसअघिको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की–२ मा अहिले एक हजार दुई सय २० जना थपिएर ७१ हजार आठ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।

कास्की–२ मा हुने निर्वाचनलाई बढो चासोका साथ हेरिएको छ । कास्की–२ मा नेकपाको बलियो स्थिति छ । अघिल्लो निर्वाचनमा स्वर्गीय अधिकारीले प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई आठ हजार पाँच सय ४६ मतान्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार दुई सय सात मत र चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको