विर्ता क्षेत्रमा संचार सम्पर्क गर्न कठिन

रामेछाप – रामेछापको धोवि र खिम्तीको विर्ता क्षेत्रका बासिन्दाले संचार सुविधा उपयोग गर्न कठिनाई झेल्नु परेको छ । घाम लाग्यो भने मात्र मोवाईलको टावर टिप्ने गरेको उक्त क्षेत्रमा हम्मेसी सम्पर्क गर्न सकिदैन । उक्त क्षेत्रमा ल्याण्डलाईन फोन सेवा उपलव्ध छैन ।
खिम्तीको विर्ताका चक्रवहादुर श्रेष्ठका अनुसार विर्ताबाट फोन सम्पर्क हुनु भनेको भाग्यको कुरा हो । गिद्धे र धोवि क्षेत्रमा कुहिरो देखिएपछि फोन बन्द हुन्छ । विर्ता, गैरी, केउरीनी क्षेत्रका वासिन्दा गाउं भन्दा केहि टाढाको ज्यामिरेखानी डाडांमा पुगेर फोन सम्पर्क गर्न बाध्य छन । धोवि बजारमा समेत टेलिफोन सम्पर्क गर्न सकिदैन । धोवि बजारमा नेटवर्क समस्याले बैंक तथा वित्तिय संस्थालाई सहज सेवा उपलव्ध हुन सकेको छैन । धोविको उत्तर तर्फको गहिरो भागमा टेलिफोन र डाटा समेत चल्दैन ।
नेपाल टेलिकमले राखेको गिद्धे रिपिटर स्टेशनमा विद्युत सेवा पुगेको छैन । उक्त टावर संचालनका लागि सोलार राखिएको छ ।
विद्युतका कारण टेलिफोन संचालन नभएको भने हैन । टावरमा इन्धन सहितको जेनेरेटर रहेकोले विद्युत नहुदैमा सेवा अवरुद्ध हुदैन । टेलिकम मन्थली शाखाका प्रदिप कार्की भन्छन् – गिद्धेको रिपीटरमा धेरै लोड भएका कारण समय समयमा टेलिफोन सम्पर्क हुन गाह्रो भएको हो ।
कार्कीका अनुसार धोवि क्षेत्रमा ल्याण्डलाईन फोन विस्तार गर्ने योजना अघि सारीएको छ । त्यसपछि त्यस क्ष्ँेत्रमा देखा परेको समस्या कम भएर जाने छ । यस अघि दुरागाउंमा रिपिटर स्थापना गरेकाले केहि सहज भएको उनले वताए । स्थानीयले भने धोवि या नागदहमा टेलिफोन रिपिटरको व्यवस्था गनुपर्नेमा जोड दिएका छन ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको