विर्ता क्षेत्रमा संचार सम्पर्क गर्न कठिन

रामेछाप – रामेछापको धोवि र खिम्तीको विर्ता क्षेत्रका बासिन्दाले संचार सुविधा उपयोग गर्न कठिनाई झेल्नु परेको छ । घाम लाग्यो भने मात्र मोवाईलको टावर टिप्ने गरेको उक्त क्षेत्रमा हम्मेसी सम्पर्क गर्न सकिदैन । उक्त क्षेत्रमा ल्याण्डलाईन फोन सेवा उपलव्ध छैन ।
खिम्तीको विर्ताका चक्रवहादुर श्रेष्ठका अनुसार विर्ताबाट फोन सम्पर्क हुनु भनेको भाग्यको कुरा हो । गिद्धे र धोवि क्षेत्रमा कुहिरो देखिएपछि फोन बन्द हुन्छ । विर्ता, गैरी, केउरीनी क्षेत्रका वासिन्दा गाउं भन्दा केहि टाढाको ज्यामिरेखानी डाडांमा पुगेर फोन सम्पर्क गर्न बाध्य छन । धोवि बजारमा समेत टेलिफोन सम्पर्क गर्न सकिदैन । धोवि बजारमा नेटवर्क समस्याले बैंक तथा वित्तिय संस्थालाई सहज सेवा उपलव्ध हुन सकेको छैन । धोविको उत्तर तर्फको गहिरो भागमा टेलिफोन र डाटा समेत चल्दैन ।
नेपाल टेलिकमले राखेको गिद्धे रिपिटर स्टेशनमा विद्युत सेवा पुगेको छैन । उक्त टावर संचालनका लागि सोलार राखिएको छ ।
विद्युतका कारण टेलिफोन संचालन नभएको भने हैन । टावरमा इन्धन सहितको जेनेरेटर रहेकोले विद्युत नहुदैमा सेवा अवरुद्ध हुदैन । टेलिकम मन्थली शाखाका प्रदिप कार्की भन्छन् – गिद्धेको रिपीटरमा धेरै लोड भएका कारण समय समयमा टेलिफोन सम्पर्क हुन गाह्रो भएको हो ।
कार्कीका अनुसार धोवि क्षेत्रमा ल्याण्डलाईन फोन विस्तार गर्ने योजना अघि सारीएको छ । त्यसपछि त्यस क्ष्ँेत्रमा देखा परेको समस्या कम भएर जाने छ । यस अघि दुरागाउंमा रिपिटर स्थापना गरेकाले केहि सहज भएको उनले वताए । स्थानीयले भने धोवि या नागदहमा टेलिफोन रिपिटरको व्यवस्था गनुपर्नेमा जोड दिएका छन ।

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको