आलमका छोरा प्रहरीकै इन्सपेक्टर

काठमाडौं – ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको हो।

यो घटनाले जतिसुकै लुकाउन खोजेपनि अपराध लुक्दैन भन्ने सन्देश गएको छ । किनकि आलमले त्यसबेला रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामालाई हातमा लिएर घाइतेहरुलाई ईटा भट्टामा जलाएर बम बिष्फोटको घटना लुकाउने प्रयास गरेका थिए । आलम विरुद्ध पछि हुलाकमार्फत जाहेरी दर्ता भएपछि मात्र सत्ताको दुरुपयोग गरी मुद्दा नचल्ने निर्णय गराउन उनी सफल भएका थिए । तर, अहिले आएर उनी कानूनको फन्दामा परेका छन् ।

त्यतिखेरको त्यो क्रूर घटनाको वास्तविकता बाहिर आएपछि धैरेले उनलाई हिटलरभन्दा पनि निर्दयी व्यक्ति भनेका छन् । किनकी घाइतेहरुलाई सुई लगाएर बेहोस बनाई उनले भट्टामा हालेर जलाएका थिए । जिवित रहेसम्म जेल बस्नुपर्ने मागदाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।

१२ वर्षअघिको घटना भएपनि प्रशस्त प्रमाणहरु जुटाएर प्रहरीले मुद्दा दायर गरेको थियो । ३५ भन्दा धेरै त साक्षी मात्र छन् । त्यतिबेलाका प्रहरी महानिरीक्षक ओमबिक्रम राणालाई नै साक्षी बनाइएको छ । आईजिपीलाई साक्षी बनाएर मुद्दा दायर गरिएको यो पहिलो घटना हो । अन्य पाँच जना प्रहरी अधिकारीहरुलाई समेत साक्षी बनाइएको छ ।

आलमले भने घटना नै नभएको भन्दै नेपाल प्रहरीले फसाएको दाबी गरेका छन् । रमाइलो पाटो के छ भने आलमका छोरा नै नेपाल प्रहरीका इन्सपेक्टर छन् । आलमका छोरा फिरदौसा आलम नेपाल प्रहरीका प्राविधिकतर्फका इन्सपेक्टर हुन् । उनी एमबीबीएस चिकित्सक हुन् । गत वर्ष मात्र उनी नेपाल प्रहरीमा भर्ना भएका थिए । हाल उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् ।

बाबु पक्राउ परेको थाहा पाएलगत्तै बिदा लिएर उनी रौतहट गएका थिए । आलमको समर्थक तथा कांग्रेस कार्यकर्ताहरुले प्रहरीको विरोधमा प्रदर्शनसमेत गरे । तर, छोरा नै प्रहरीको इन्सपेक्टर भएकाले उनीहरुको आन्दोलन मत्थर भएको थियो ।दृष्टि साप्ताहिकबाट

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको