आलमका छोरा प्रहरीकै इन्सपेक्टर

काठमाडौं – ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको हो।

यो घटनाले जतिसुकै लुकाउन खोजेपनि अपराध लुक्दैन भन्ने सन्देश गएको छ । किनकि आलमले त्यसबेला रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामालाई हातमा लिएर घाइतेहरुलाई ईटा भट्टामा जलाएर बम बिष्फोटको घटना लुकाउने प्रयास गरेका थिए । आलम विरुद्ध पछि हुलाकमार्फत जाहेरी दर्ता भएपछि मात्र सत्ताको दुरुपयोग गरी मुद्दा नचल्ने निर्णय गराउन उनी सफल भएका थिए । तर, अहिले आएर उनी कानूनको फन्दामा परेका छन् ।

त्यतिखेरको त्यो क्रूर घटनाको वास्तविकता बाहिर आएपछि धैरेले उनलाई हिटलरभन्दा पनि निर्दयी व्यक्ति भनेका छन् । किनकी घाइतेहरुलाई सुई लगाएर बेहोस बनाई उनले भट्टामा हालेर जलाएका थिए । जिवित रहेसम्म जेल बस्नुपर्ने मागदाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।

१२ वर्षअघिको घटना भएपनि प्रशस्त प्रमाणहरु जुटाएर प्रहरीले मुद्दा दायर गरेको थियो । ३५ भन्दा धेरै त साक्षी मात्र छन् । त्यतिबेलाका प्रहरी महानिरीक्षक ओमबिक्रम राणालाई नै साक्षी बनाइएको छ । आईजिपीलाई साक्षी बनाएर मुद्दा दायर गरिएको यो पहिलो घटना हो । अन्य पाँच जना प्रहरी अधिकारीहरुलाई समेत साक्षी बनाइएको छ ।

आलमले भने घटना नै नभएको भन्दै नेपाल प्रहरीले फसाएको दाबी गरेका छन् । रमाइलो पाटो के छ भने आलमका छोरा नै नेपाल प्रहरीका इन्सपेक्टर छन् । आलमका छोरा फिरदौसा आलम नेपाल प्रहरीका प्राविधिकतर्फका इन्सपेक्टर हुन् । उनी एमबीबीएस चिकित्सक हुन् । गत वर्ष मात्र उनी नेपाल प्रहरीमा भर्ना भएका थिए । हाल उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् ।

बाबु पक्राउ परेको थाहा पाएलगत्तै बिदा लिएर उनी रौतहट गएका थिए । आलमको समर्थक तथा कांग्रेस कार्यकर्ताहरुले प्रहरीको विरोधमा प्रदर्शनसमेत गरे । तर, छोरा नै प्रहरीको इन्सपेक्टर भएकाले उनीहरुको आन्दोलन मत्थर भएको थियो ।दृष्टि साप्ताहिकबाट

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको