जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने

काठमाडौं : नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो। भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।

नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ। सो क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गरे। भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताए।

नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत सहकार्य गर्न सकिने उनको भनाइ थियो। प्रतिनिधिमण्डलमा सहभागी नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालबाट कृषि कामदार लैजान तत्काल अध्ययन अनुसन्धान शुरु गर्ने बताए। उनले नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गरे

सिफारिस

घट्यो कुखुराको मासुको मूल्य

काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । असारमा ४२० रुपैयाँ...

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान...

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्...

काठमाडौंमा भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ– पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास...

धेरै पढिएको