यस्तो रहेछ प्रधानमन्त्रीले आफ्नो सचिवालय र सल्लाहकार टिमलाई विदा दिनुको कारण

काठमाठौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् ।

आफ्नो वरिपरि केही विदेशी सुराकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसुस प्रधानमन्त्रीले गरेको बताइन्छ ।

गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नो वरिवरि विदेशीको सुराकी भएको सङ्केत पाएका हुन् । कार्यक्षमता र कार्यशैलीसमेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको आरोप पनि सत्तारुढ पार्टीबाटै लाग्न थालेको थियो ।

ओलीको लोकप्रियता ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय र सल्लाहकार टोली नै जिम्मेवार रहेको ठानिन्छ । त्यसैले गत साता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार र सचिवालय सदस्यहरुले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको वरिपरि रहेनहरुमा ट्रेड युनियन नेता विष्णु रिमाल, डा. कुन्दन अर्याल, राजन भट्टराई, रामशरण बजगाईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अली हुन् । घटना र विचार राष्ट्रिय साप्ताहिकबाट

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको