आलम पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ – रौतहट जिल्ला अदालतले बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि आलमलाई कारागार चलाउने आदेश भएको हो। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथी थियो।

आलम नेपाली कांग्रेसतर्फ रौतहटबाट संघीय संसदका लागि निर्वाचित सांसद हुन्। गाउँबाट हराएका दुई युवाका आफन्तले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए। बम विस्फोट र इट्टाभट्टामा जलाएर कतिलाई मारिएको थियो भन्‍ने तथ्याङ्ग यकिन छैन।

घटनालगत्तै जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल बन्द गरेको थियो। तर पिडितका आफन्तले सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि घटनाका पुन अनुसन्धान गर्न आदेश भएको थियो, सात वर्षअघि।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले अनुसन्धान गर्दै आलमलाई पक्राउ गरेको थियो। प्रहरीले आलमसहित ११ जनालाई प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त आदेश गरेको हो। यस प्रकरणमा १० जना फरार छन्।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको