अभिनेत्री शिल्पा पोखरेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

शुक्रबार अदालत पुगेकी पोखरेललाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले  साधारण तारेखमा छाड्ने आदेश दिएको हो । बहुविवाह सम्बन्धी मुद्दामा अदालतले गत साउन ८ गते निर्माता छवि ओझा र पोखरेललाई पक्राउ पूर्जी जारी गरेको थियो।

सर्वोच्च अदालतले अभिनेत्री  पोखरेलले जिल्ला अदालतको निर्णयबिरुद्ध दायर गरेको रिट निवेदन खारेज गरिदिएको थियो   । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले गत मंगलबार पोखरेलको रिट खारेज गर्न आदेश दिएको थियो ।

फिल्म निर्माता छवि ओझाकी जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाहको मुद्धा दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले  छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेको थियो। छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले गत साउन ५ गते महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको अभियोगमा जाहेरी दिएकी थिइन् । उनले  छवि र शिल्पा पोखरेलबीच भएको बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी थिइन् ।

त्यसअघि नायिका शिल्पा पोखरेलले आफूमाथि घरेलु हिँसा भएको भन्दै निर्माता छवि ओझाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here