अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश

अभिनेत्री शिल्पा पोखरेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

शुक्रबार अदालत पुगेकी पोखरेललाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले  साधारण तारेखमा छाड्ने आदेश दिएको हो । बहुविवाह सम्बन्धी मुद्दामा अदालतले गत साउन ८ गते निर्माता छवि ओझा र पोखरेललाई पक्राउ पूर्जी जारी गरेको थियो।

सर्वोच्च अदालतले अभिनेत्री  पोखरेलले जिल्ला अदालतको निर्णयबिरुद्ध दायर गरेको रिट निवेदन खारेज गरिदिएको थियो   । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले गत मंगलबार पोखरेलको रिट खारेज गर्न आदेश दिएको थियो ।

फिल्म निर्माता छवि ओझाकी जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाहको मुद्धा दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले  छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेको थियो। छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले गत साउन ५ गते महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको अभियोगमा जाहेरी दिएकी थिइन् । उनले  छवि र शिल्पा पोखरेलबीच भएको बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी थिइन् ।

त्यसअघि नायिका शिल्पा पोखरेलले आफूमाथि घरेलु हिँसा भएको भन्दै निर्माता छवि ओझाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गरेकी थिइन् ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको