कुन मेडिकल कलेजले कति ठगे ? यस्तो छ प्रतिवेदन

सतर्कता केन्द्रको प्रतिवेदन भन्छ– ३ वर्षमा कलेजले ठगे तीन ३ अर्ब

गण्डकी मेडिकल कलेज
ठगी : ४३ करोड ५ लाख

४३ करोड चार लाख ९० हजार ठगी । सन् ०१७÷१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको ठहर ।  अदालतमा मुद्दा, कलेजमा तालाबन्दी ।

नोबेल मेडिकल कलेज
ठगी : ३५ करोड ४७ लाख
३५ करोड ४७ लाख ४४ हजार ठगी । सन् ०१८ मा भर्नामै प्रतिविद्यार्थी सात लाख ४५ हजार र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुली । ५० पेइङ विद्यार्थीबाट मात्रै १२ करोड ७० लाख २६ हजार ठगी ।

लुम्बिनी मेडिकल कलेज
ठगी : ३२ करोड ९६ लाख

३२ करोड ९६ लाख ८४ हजार अवैध असुली । छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी ।

युनिभर्सल मेडिकल कलेज
ठगी : ३२ करोड ७२ लाख

३२ करोड ७२ लाख ३० हजार ठगी, छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि असुली । सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुली । भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त असुली ।

नेसनल मेडिकल कलेज
ठगी : ३२ करोड ३५ लाख

३२ करोड ३५ लाख ८१ हजार पाँच सय ठगी । भर्ना र अन्य शीर्षक थपेर अवैध असुली ।

काठमाडौं मेडिकल कलेज
ठगी : २७ करोड ८१ लाख

२७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ ठगी । सन् ०१८ मा मात्रै ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुली । छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार ठगी ।

नेपालगन्ज मेडिकल कलेज
ठगी : २१ करोड ९१ लाख

२१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुली । एउटा ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी असुली । छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले ठगी ।

विराट मेडिकल कलेज
ठगी : १९ करोड ९ लाख

१९ करोड नौ लाख ३३ हजार ठगी । छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त असुली ।

कलेज अफ मेडिकल साइन्सेस
ठगी : १० करोड ६१ लाख

१० करोड ६१ लाख ५७ हजार अवैध असुल गरेको ठहर । भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी असुल । सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुली । डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख ठगी ।

मणिपाल मेडिकल कलेज
ठगी : १० करोड ९ लाख

१० करोड नौ लाख रुपैयाँ अतिरिक्त असुली । एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म ठगी गरेको निष्कर्ष ।

किस्ट मेडिकल कलेज
ठगी : ५ करोड ९९ लाख

पाँच करोड ९९ लाख ३० हजार ठगी । अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी । उजुरी दिने विद्यार्थीलाई परीक्षामा फेल गराइयो, करिअर सकाइदिने धम्की । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख अतिरिक्त असुली ।

देवदह मेडिकल कलेज
ठगी : ३ करोड ९० लाख

तीन करोड ८९ लाख ९४ हजार ठगी । भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय ठगी । भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजारसम्म अतिरिक्त असुली ।

चितवन मेडिकल कलेजले विवरण दिन मानेन, तर ठगी अरूजस्तै नयाँ पत्रिकामा खबर छ ।

सिफारिस

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

भर्खरै

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

धेरै पढिएको