कुन मेडिकल कलेजले कति ठगे ? यस्तो छ प्रतिवेदन

सतर्कता केन्द्रको प्रतिवेदन भन्छ– ३ वर्षमा कलेजले ठगे तीन ३ अर्ब

गण्डकी मेडिकल कलेज
ठगी : ४३ करोड ५ लाख

४३ करोड चार लाख ९० हजार ठगी । सन् ०१७÷१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको ठहर ।  अदालतमा मुद्दा, कलेजमा तालाबन्दी ।

नोबेल मेडिकल कलेज
ठगी : ३५ करोड ४७ लाख
३५ करोड ४७ लाख ४४ हजार ठगी । सन् ०१८ मा भर्नामै प्रतिविद्यार्थी सात लाख ४५ हजार र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुली । ५० पेइङ विद्यार्थीबाट मात्रै १२ करोड ७० लाख २६ हजार ठगी ।

लुम्बिनी मेडिकल कलेज
ठगी : ३२ करोड ९६ लाख

३२ करोड ९६ लाख ८४ हजार अवैध असुली । छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी ।

युनिभर्सल मेडिकल कलेज
ठगी : ३२ करोड ७२ लाख

३२ करोड ७२ लाख ३० हजार ठगी, छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि असुली । सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुली । भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त असुली ।

नेसनल मेडिकल कलेज
ठगी : ३२ करोड ३५ लाख

३२ करोड ३५ लाख ८१ हजार पाँच सय ठगी । भर्ना र अन्य शीर्षक थपेर अवैध असुली ।

काठमाडौं मेडिकल कलेज
ठगी : २७ करोड ८१ लाख

२७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ ठगी । सन् ०१८ मा मात्रै ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुली । छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार ठगी ।

नेपालगन्ज मेडिकल कलेज
ठगी : २१ करोड ९१ लाख

२१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुली । एउटा ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी असुली । छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले ठगी ।

विराट मेडिकल कलेज
ठगी : १९ करोड ९ लाख

१९ करोड नौ लाख ३३ हजार ठगी । छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त असुली ।

कलेज अफ मेडिकल साइन्सेस
ठगी : १० करोड ६१ लाख

१० करोड ६१ लाख ५७ हजार अवैध असुल गरेको ठहर । भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी असुल । सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुली । डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख ठगी ।

मणिपाल मेडिकल कलेज
ठगी : १० करोड ९ लाख

१० करोड नौ लाख रुपैयाँ अतिरिक्त असुली । एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म ठगी गरेको निष्कर्ष ।

किस्ट मेडिकल कलेज
ठगी : ५ करोड ९९ लाख

पाँच करोड ९९ लाख ३० हजार ठगी । अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी । उजुरी दिने विद्यार्थीलाई परीक्षामा फेल गराइयो, करिअर सकाइदिने धम्की । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख अतिरिक्त असुली ।

देवदह मेडिकल कलेज
ठगी : ३ करोड ९० लाख

तीन करोड ८९ लाख ९४ हजार ठगी । भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय ठगी । भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजारसम्म अतिरिक्त असुली ।

चितवन मेडिकल कलेजले विवरण दिन मानेन, तर ठगी अरूजस्तै नयाँ पत्रिकामा खबर छ ।

सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेकी छन्। उनले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोज्ने नेताहरूले जेनजी आन्दोलन...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलसँग आबद्ध मन्त्रीहरूले परिस्थितिको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु...

धेरै पढिएको