काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लब पुगेका हुन् । त्यहाँ उनी सहभागीहरुको हात समाउँदै नाचेका छन् । सहभागीहरुसँग हात समातेर नाच्दानाच्दै उनले कोट फुकाल्छन् ।

पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाह हँसिलो मुद्रामा देखिन्छन् । त्यहाँ आएकाहरुलाई उनले अंगालो हालेका छन् र रमाइलो गर्न हौसाइरहेको देखिन्छ ।

हेर्नुहोस् भिडियो र फोटो

तस्विर र भिडियो : एलओडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here