नेकपाको भातृ संगठनमा सुधार ल्याएरै छाड्छौं : युवा नेता यादव

   महेश सिंह 

सिरहा – सिरहाको लहानमा नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ सिरहाको शुभ कामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन सिरहाका सहसंयोजक आशानन्द यादव पदासिन हुनु भएकोमा सो बधाई कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा बोल्दै यादवले भने नेपालको भुमि लिपुलख तथा कालापानी एक इन्च पनि मिच्न नदिने बताए। राष्ट्रिय युवा संघ नेपालको कार्यदलको बैठकले तोकेको सिरहा जिल्लाका सह संयोजक तोकेकोमा यादवलाई बधाई तथा शुभकामना दिनका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीले जानकारी दिए।

नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै लाई एकै ठाउँमा उभिन आग्रह गर्दै कार्यक्रमा सहभागी सम्पूर्ण युवाहरुलाई संगठित भई देशको उन्नति ,प्रगति र समृद्धि तर्फ अग्रसर हुन् आग्रह गदै युवा संघ सिरहामा आवद्ध युवाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि आफु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी युवाहरुले सहसंयोजक आशानन्द यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिंदै नेपालि भुमि फिर्ता गराउन सरकारले छिटो भन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताए।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको