मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं – नेकपा विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ ।  नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन्।

नवनियुक्त मन्त्रीमा तुलसी प्रसाद न्यौपाने (आर्थिक मामिला तथा योजना) र हिराकुमार थापा (भूमि व्यवस्था, कृषि तथा सहकारी) छन्।

यस्तै, राज्यमन्त्रीहरुमा ज्ञानेश्वर राजवंशी (भूमि व्यवस्था, कृषि तथा सहकारी), उत्तम कुमार बस्नेत (उद्योग पर्यटन तथा वातावरण) र लीला बल्लभ अधिकारी (आन्तरिक मामिला तथा कानुन)मा नियुक्त भएका छन्।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।

केन्द्रको राजनीतिमा नाटकीय परिवर्तन नभए मुख्यमन्त्री आचार्यले थप गरेका मन्त्री २४ दिनका लागि मात्रै रहनेछन् । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्रीको पक्षमा सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि असोज २२ गते प्रदेशसभाको ९ औं अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।

 

सिफारिस

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

धेरै पढिएको