‘दीगो र सुरक्षित संरचना समयमै बनाऊँ’: उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्द बहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ । इन्जिनियर तथा आर्किटेक्चर संस्थाहरुको संगठन स्क्याफले आयोजना गरेको उज्जवल भविष्यका लागि उत्थानशिल पूर्वाधार विषयक अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्नुहुदै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनियर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको हो ।उहाँले भन्नुभयो, ‘निर्माण सम्पन्न भएको केहि दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुशी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भूकम्पपछिको पुर्ननिर्माणले लक्षित गति लिन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुर्ननिर्माणका लागि विदेशी सहयोग कत्तिको उपयुक्त हुने हो भन्ने प्रश्न समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनिकरण र पुर्नलाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताउनुभयो ।

उहाँले दीगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नविनतम प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘रेजिलियण्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले विभिन्न कठिनतम परिस्थितीका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुर्ननिर्माणमा सन्तोषजनक प्रगति गरेको दावी गर्नुभएको छ ।

उहाँले अझै सिक्न अर्काे विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । सम्मेलनमा नेपाल सहित भारत, चीन, कोरिया, श्रीलंका लगायत १० देशका ईन्जिनियर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको