‘दीगो र सुरक्षित संरचना समयमै बनाऊँ’: उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्द बहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ । इन्जिनियर तथा आर्किटेक्चर संस्थाहरुको संगठन स्क्याफले आयोजना गरेको उज्जवल भविष्यका लागि उत्थानशिल पूर्वाधार विषयक अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्नुहुदै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनियर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको हो ।उहाँले भन्नुभयो, ‘निर्माण सम्पन्न भएको केहि दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुशी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भूकम्पपछिको पुर्ननिर्माणले लक्षित गति लिन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुर्ननिर्माणका लागि विदेशी सहयोग कत्तिको उपयुक्त हुने हो भन्ने प्रश्न समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनिकरण र पुर्नलाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताउनुभयो ।

उहाँले दीगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नविनतम प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘रेजिलियण्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले विभिन्न कठिनतम परिस्थितीका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुर्ननिर्माणमा सन्तोषजनक प्रगति गरेको दावी गर्नुभएको छ ।

उहाँले अझै सिक्न अर्काे विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । सम्मेलनमा नेपाल सहित भारत, चीन, कोरिया, श्रीलंका लगायत १० देशका ईन्जिनियर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको