ओली सरकारको २१ महिना, कांग्रेसले देखायो २१ खोट

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा २१ खोट लगाएको छ ।

पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारका २१ खोट देखाउँदै उपनिर्वाचनमा कांग्रेसलाई भोट दिनुपर्ने तर्कहरु पनि पेश गरे ।

शर्माले सरकारलाई सच्चिन दबाब दिनका लागि उपनिर्वाचनमार्फत् मतदातालाई अवसर मिलेको पनि बताए । उपनिर्वाचन मतदाताका लागि अवसर हो भन्दै उनले २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त भन्ने प्रश्न गरे ।

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भएको आरोप लगाउँदै प्रवक्ता शर्माले कांग्रेस रहेसम्म त्यस्ता सपना पूरा हुन नदिने दृढता व्यक्त गरे । उनले भने, ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ ।

कांग्रेसले औल्याएको ओली सरकारको यस्ता छन्, २१ खोटः

– राष्ट्रियताको प्रश्नमा असफलता

– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता

– कूटनीतिक मामिलामा अपरिपक्वता

– विप्लव प्रकरण: असफलताको फरक पाठ

– शान्ति सुरक्षा: निर्मला प्रकरणमा हरायो सरकार

– मूल्य वृद्धि: धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

– मेलम्ची परियोजनामाथि खेलबाड

– निजगढ एयरपोर्टको भविष्य अन्यौल

– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

– बूढीगण्डकी: कम्युनिस्ट सरकारको राष्ट्रघात

– सरकारको नियतले असफल संवैधानिक परिषद्

– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण

– धर्मको प्रश्नमा होली वाइन प्रकरण

– गुठी विधेयक: जनशक्तिले झुकाएको सत्ता

– सामाजिक सुरक्षा कोष: कर्म कसैको, प्रचार कसैको

– बालुवाटार काण्डमा लिलाम नैतिकता (ललिता निवासको जग्गा)

– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

– असहिष्णु अभिव्यक्ति: अराजनैतिक चरित्र

शर्माले नेकपाले आफ्ना कार्यकर्तालाई नवमण्डले बनाउन खोजेको आरोप पनि लगाए । कांग्रेसभित्र पूर्ण एकता कायम रहेको दावी पनि उनले पेश गरे ।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको