ओली सरकारको २१ महिना, कांग्रेसले देखायो २१ खोट

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा २१ खोट लगाएको छ ।

पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारका २१ खोट देखाउँदै उपनिर्वाचनमा कांग्रेसलाई भोट दिनुपर्ने तर्कहरु पनि पेश गरे ।

शर्माले सरकारलाई सच्चिन दबाब दिनका लागि उपनिर्वाचनमार्फत् मतदातालाई अवसर मिलेको पनि बताए । उपनिर्वाचन मतदाताका लागि अवसर हो भन्दै उनले २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त भन्ने प्रश्न गरे ।

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भएको आरोप लगाउँदै प्रवक्ता शर्माले कांग्रेस रहेसम्म त्यस्ता सपना पूरा हुन नदिने दृढता व्यक्त गरे । उनले भने, ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ ।

कांग्रेसले औल्याएको ओली सरकारको यस्ता छन्, २१ खोटः

– राष्ट्रियताको प्रश्नमा असफलता

– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता

– कूटनीतिक मामिलामा अपरिपक्वता

– विप्लव प्रकरण: असफलताको फरक पाठ

– शान्ति सुरक्षा: निर्मला प्रकरणमा हरायो सरकार

– मूल्य वृद्धि: धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

– मेलम्ची परियोजनामाथि खेलबाड

– निजगढ एयरपोर्टको भविष्य अन्यौल

– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

– बूढीगण्डकी: कम्युनिस्ट सरकारको राष्ट्रघात

– सरकारको नियतले असफल संवैधानिक परिषद्

– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण

– धर्मको प्रश्नमा होली वाइन प्रकरण

– गुठी विधेयक: जनशक्तिले झुकाएको सत्ता

– सामाजिक सुरक्षा कोष: कर्म कसैको, प्रचार कसैको

– बालुवाटार काण्डमा लिलाम नैतिकता (ललिता निवासको जग्गा)

– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

– असहिष्णु अभिव्यक्ति: अराजनैतिक चरित्र

शर्माले नेकपाले आफ्ना कार्यकर्तालाई नवमण्डले बनाउन खोजेको आरोप पनि लगाए । कांग्रेसभित्र पूर्ण एकता कायम रहेको दावी पनि उनले पेश गरे ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको