आलममाथि अब्बल अनुसन्धान गर्ने प्रहरी अफिसर

काठमाडौं । रौतहटमा करिब १२ बर्षअघि भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सत्ता र शक्तिको आडमा झण्डै १२ बर्षसम्म दबाएर राखिएको रौतहटको यो विभत्स हत्याकाण्डको फाइल एसपी भूपेन्द्र खत्री रौतहटको प्रहरी प्रमुख भएर गएपछि नै खुलेको थियो।

सर्वोच्च अदालतको पछिल्लो आदेशले यसलाई गति दिए पनि खत्रीले त्यसअघि नै हत्याकाण्डको अनुसन्धान अघि बढाइसकेका थिए ।

पुराना फाइल खोतलेपछि उनले सर्वोच्चको आदेश आउनुभन्दा एक महिना पहिले नै प्रहरी निरीक्षक पप्पु नायकलाई यो हत्याकाण्डको अनुसन्धान अधिकृत तोकेका थिए।

अनुसन्धान शुरु गरेको करीब ६ महिनापछि मात्र रौतहट प्रहरीले आलमलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि आलमले हत्याकाण्ड ढाकछोप गर्ने अनेक प्रपञ्च गरे ।

पीडितलाई प्रलोभनमा पार्ने, धम्क्याउने र अपहरण गराउनेदेखि साक्षीलाई बयान फेर्न लगाउनेसम्मका हर्कत गरे ।

तर, रौतहट प्रहरीले त्यसमा अविचलित भएर काम गर्यो । एसपी खत्रीको नेतृत्वमा भएको चुस्त अनुसन्धानले नै आलमलाई १२ बर्षपछि जेल पठायो।

आज प्रकाशित साप्ताहिक हिमाल खबरपत्रिकाले रौतहट प्रहरीले गरेको यही अनुसन्धानलाई आफ्नो आवरण रिपोर्ट बनाएको छ।

‘अब्बल अनुसन्धान’ शीर्षक दिएर हिमालले आफ्नो आवरण रिपोर्टमा लेखेको छ, ‘सत्ता र शक्तिको आडमा जघन्य अपराधलाई १२ बर्षसम्म दबाउन सफल मोहम्मद अफताव आलमको जेलयात्रासँगै प्रहरी संगठन अनुसन्धानमा अझैं अब्बल रहेको सन्देश दिन सफल भए, एसपी भूपेन्द्र खत्री ।’

पछिल्लो समय अपराधको केन्द्रका रुपमा विकास हुँदै गएको रौतहटमा भएका अरु जघन्य अपराधलाई समेत हिमालले उठाएको छ। लेखेको छ, ‘खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।’

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको