आलममाथि अब्बल अनुसन्धान गर्ने प्रहरी अफिसर

काठमाडौं । रौतहटमा करिब १२ बर्षअघि भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सत्ता र शक्तिको आडमा झण्डै १२ बर्षसम्म दबाएर राखिएको रौतहटको यो विभत्स हत्याकाण्डको फाइल एसपी भूपेन्द्र खत्री रौतहटको प्रहरी प्रमुख भएर गएपछि नै खुलेको थियो।

सर्वोच्च अदालतको पछिल्लो आदेशले यसलाई गति दिए पनि खत्रीले त्यसअघि नै हत्याकाण्डको अनुसन्धान अघि बढाइसकेका थिए ।

पुराना फाइल खोतलेपछि उनले सर्वोच्चको आदेश आउनुभन्दा एक महिना पहिले नै प्रहरी निरीक्षक पप्पु नायकलाई यो हत्याकाण्डको अनुसन्धान अधिकृत तोकेका थिए।

अनुसन्धान शुरु गरेको करीब ६ महिनापछि मात्र रौतहट प्रहरीले आलमलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि आलमले हत्याकाण्ड ढाकछोप गर्ने अनेक प्रपञ्च गरे ।

पीडितलाई प्रलोभनमा पार्ने, धम्क्याउने र अपहरण गराउनेदेखि साक्षीलाई बयान फेर्न लगाउनेसम्मका हर्कत गरे ।

तर, रौतहट प्रहरीले त्यसमा अविचलित भएर काम गर्यो । एसपी खत्रीको नेतृत्वमा भएको चुस्त अनुसन्धानले नै आलमलाई १२ बर्षपछि जेल पठायो।

आज प्रकाशित साप्ताहिक हिमाल खबरपत्रिकाले रौतहट प्रहरीले गरेको यही अनुसन्धानलाई आफ्नो आवरण रिपोर्ट बनाएको छ।

‘अब्बल अनुसन्धान’ शीर्षक दिएर हिमालले आफ्नो आवरण रिपोर्टमा लेखेको छ, ‘सत्ता र शक्तिको आडमा जघन्य अपराधलाई १२ बर्षसम्म दबाउन सफल मोहम्मद अफताव आलमको जेलयात्रासँगै प्रहरी संगठन अनुसन्धानमा अझैं अब्बल रहेको सन्देश दिन सफल भए, एसपी भूपेन्द्र खत्री ।’

पछिल्लो समय अपराधको केन्द्रका रुपमा विकास हुँदै गएको रौतहटमा भएका अरु जघन्य अपराधलाई समेत हिमालले उठाएको छ। लेखेको छ, ‘खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।’

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको