गोप्य रुपमा भारतीय दूतावास जाने डिआइजीमाथि कारबाही गर्ने

कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानविन थालेको छ।

डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए।

पौने ३ बजे दूताबास छिरेका उनी ४ बजे निस्किएको खबर गृहमन्त्रालय स्रोतलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ।

सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानविन सुरु भएको पुष्टी गरे।

स्रोतका अनुसार डिआइजी श्रेष्ठलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ।

डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको बताएका छन्।

सुरक्षा निकायका उच्च पदमा रहेका व्यक्ति त्यसरी दूतावास जानुलाई गम्भीरताका साथ लिइएको गृहका एक अधिकारीले बताए।

सिफारिस

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ। मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं – अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले...

काठमाडौँ लिजेण्ड्सले लाङटाङ एप्पल फार्म राइड आयोजना गर्ने

काठमाडौँ लिजेण्ड्सले एप्पल फार्म राइड आयोजना गर्ने भएको छ। ...

पर्यटन बोर्डको कार्यकारी प्रमुखमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त...

आजदेखि तिज पर्व सुरु, साँझ दर खाने

काठमाडौँ - नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप...

धेरै पढिएको