काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको सातौं कार्यकालका लागि रमेश बिजि अध्यक्ष पदमा निर्वाचित भएका छन्।
यहि मंसिर ६, ७ र ८ गते कास्कीको पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट बिजिले अर्का प्रतिष्पर्धी गायक सर्जक विष्णु खत्रीलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन्।
विस्नु खत्रीले ५ सय ४५ भोट ल्याउदाँ बिजिले ५सय ८४ भोट ल्याएका थिए । जम्मा ११३७ भोट खसेकामा अरु प्राय निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको महाधिवेशनमा पोखरामा ३ दिन सम्म चलेको थियो ।