नेकपाको सरकार राष्ट्रघात तर्फ उन्मुख भयो : काँग्रेस नेता महर

नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमा अध्यक्ष नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाटतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन् । पार्टीले प्रदेश नम्बर १ को सुनसरीको धरानमा आयोजित एक चुनावीसभालाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकार जनताको सरकार बन्न नसकेको केवल संगठित पार्टीका कार्यकर्ताको सरकार बनेको आरोप लगाएका हुन् ।

ओली सरकारले जनतालाई न्याय दिन सकेन, जनताका दैननदिनका समस्या समाधान हुनुको साटो झन् बढिरहेका छन्, महङ्गीले आकाश छोएको छ, दैनिक उपभोग्य सामग्रीमा ३ सय प्रतिशतले मूल्यबृद्धि भएको छ ।, नेता महरले रोस प्रकट गर्दै भने, चुनावका बेला राष्ट्रवादको नक्कली हौवा फैलाएर सत्तासिन भएका केपी ओली आज राष्ट्रियताजस्तो संवेदनशील मुद्धामा भारतसँग शिर झुकाएर कठपुतली बनेको छ ।

भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो छिमेकी दार्चुलामा पर्ने उल्लेख गर्दै नेता महरले चन्द्रसूर्य अंकित झण्डामुनि बसेको नेपालको भूमिमाथि भारतले धावा बोल्दा समेत वर्तमान कम्युनिष्ट सरकार कानमा तेल हालेर सुतेको बताए । देशव्यापी रुपमा जनताहरु सडकमा आए, सबै जनताहरु भारतको दादागिरीको विरुद्ध सडकमा आन्दोलित भए, जनता तिम्रो साथमा छौ, सरकारले सर्वदलिय बैठक बोलायो, सबैदलले केपी ओलीजी राष्ट्रियता अखण्डता दरो र खरो रुपमा अगाडी बढ्नुस्, हामी साथमा छौं भने तर खै अहिले सम्म सरकार के गर्दैछ, कुनै कुटनीतिक पहल समेत गर्न सकेको छ, आक्रोश पोख्दैं महरले अघि भने, प्रधानमन्त्री जी चार चार भाषा प्रयोग गरेर मोदीलाई ह्याप्पी बर्थ डे टु यु भन्न सक्नुहुन्छ तर राष्ट्रियता जस्तो गम्भीर सवालमा खै कदम अघि बढाएको ?

सडकमा माग्ने देखि संघसंस्था हाक्नेसम्म, कुनै वर्ग र व्यक्ती कोही पनि वर्तमान कम्युनिष्ट सरकारसँग सन्तुष्ट नभएको नेता महरको भनाई थियो । नेता महरले कम्युनिष्ट सरकार निर्मला हत्याकाण्ड, सुनकाण्ड, सिण्डिकेटकाण्ड लगायत सयौं काण्डैकाण्डमा फसेको आरोप लगाएका छन् । केही दिन अघि मात्रै चिनका राष्ट्रपतिले नेपाल भ्रमणका बेला सम्पत्तीको लोभ गर्ने कम्युनिष्ट हुन नसक्ने अभिव्यक्ती दिएको स्मरण गर्दै नेता महरले बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्ने पार्टीका महासचिवलाई अहिलेसम्म कम्युनिष्टनकाबधारी पार्टी नेकपा र सरकारले केही गर्न नसक्नु ठूलो विडम्बना भएको बताए । भर्खरै पुनर्गठन भएको मन्त्रिपरिषद्मा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएका व्यक्ती, भारतीय उद्योगपतिलाई मन्त्री बनाईएको, संविधानले प्रदत्त गरेको समानता र समावेशिताको हकलाई कुल्चिदैं एक जना महिलालाई पनि मन्त्री नबनाउनु अर्को विडम्बना भएको भएको आरोप नेता महरको थियो ।

आसन्न उपनिर्वाचनमा यहाँ व्यक्तीलाई जित्ने कुरा महत्वपूर्ण नभई यहा देश बनाउने कुरा महत्वपूर्ण भएकाले रुखमा मतदान गर्न नेता महरले सबैलाई आह्वान गरेका छन् । आसन्न उपनिर्वाचनमा पार्टीले सो क्षेत्रबाट तिलक राइलार्ई उम्मेदवार बनाएको छ । केही दिन अघि मात्रै नेता महर सुदूरपश्चिम र मध्यमपश्चिमका विभिन्न जिल्लामाको भ्रमण पश्चात अहिले पूर्वी नेपालका विभिन्न जिल्लामा राजनीतिक भेटघाट र उपचुनावको प्रचारपसारमा व्यस्त छन् ।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको