उपत्यकामा हर्न बजाउन कडाइ

काठमाडौँ, – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । हर्नमा कडाइ गरेसँगै महाशाखाले सोमबार १८८ सवारी साधनलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिनुभयो । ध्वनिको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउने उहाँको भनाइ छ ।

महाशाखाले ०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो । ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफा अनुसार सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५०० जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सिफारिस

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई...

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण कदको चन्द्रमा मनमोहक रूपमा देखिएको छ। हिउँदे मौसमका कारण आकाश सफा रहेकाले चन्द्रमाको दृश्य अझ...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा...

भक्तपुरको त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सुरु (तस्वीरहरू)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने...

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन, वर्षमा एकपटक मृगौला जाँच गराउनू : डा. बज्राचार्य

काठमाडौं  विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी)...

वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन् : डा.जीवन बानियाँ

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक...

महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ – डा. टीका ढकाल

काठमाडौं - नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित...

धेरै पढिएको