कहाँ गइन् स्वास्थ्य सचिव ? एक महिनादेखि चौधरी सम्पर्कविहीन

काठमाडौं । झण्डै एक महिनादेखि स्वास्थ्य सचिव डा.पुष्पा चौधरी सम्पर्कविहीन छिन् । पदावधि दुई वर्षभन्दा बढी बाँकी रहँदै कात्तिक १३ गते उनले राजीनामा दिएकी थिइन् ।

मन्त्रिपरिषद्ले उनको राजीनामा अस्वीकृत गरेको भए पनि उनी मन्त्रालयमा फर्किएकी छैनन् ।

कात्तिक १७ गते बसेको मन्त्रीपरिषद् बैठकले डा. चौधरीको राजीनामा अस्वीकृत गरेको थियो । राजीनामा अस्वीकृत एक साता बितिसकेको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘सचिवज्यू मन्त्रालयमा आउनु पर्ने त हो तर राजीनामा पेश गरेपछि अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन, मन्त्रिपरिषद्ले राजीनामा अस्वीकृत भएको जानकारी उहाँको इमेलमा पठाएका छौं ।’

सचिव डा.चौधरीको मोबाइल स्वीच अफ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिरका लागि उनले निवेदन दिएको स्रोतले बतायो । डा. चौधरीसँगै मन्त्रालयकी पूर्वसचिव डा. किरण रेग्मी पनि प्रतिष्पर्धामा सहभागी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रालयमा आएदेखि नै स्वास्थ्य सचिव डा.चौधरीसँग खटपट भएको थियो ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको