कहाँ गइन् स्वास्थ्य सचिव ? एक महिनादेखि चौधरी सम्पर्कविहीन

काठमाडौं । झण्डै एक महिनादेखि स्वास्थ्य सचिव डा.पुष्पा चौधरी सम्पर्कविहीन छिन् । पदावधि दुई वर्षभन्दा बढी बाँकी रहँदै कात्तिक १३ गते उनले राजीनामा दिएकी थिइन् ।

मन्त्रिपरिषद्ले उनको राजीनामा अस्वीकृत गरेको भए पनि उनी मन्त्रालयमा फर्किएकी छैनन् ।

कात्तिक १७ गते बसेको मन्त्रीपरिषद् बैठकले डा. चौधरीको राजीनामा अस्वीकृत गरेको थियो । राजीनामा अस्वीकृत एक साता बितिसकेको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘सचिवज्यू मन्त्रालयमा आउनु पर्ने त हो तर राजीनामा पेश गरेपछि अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन, मन्त्रिपरिषद्ले राजीनामा अस्वीकृत भएको जानकारी उहाँको इमेलमा पठाएका छौं ।’

सचिव डा.चौधरीको मोबाइल स्वीच अफ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिरका लागि उनले निवेदन दिएको स्रोतले बतायो । डा. चौधरीसँगै मन्त्रालयकी पूर्वसचिव डा. किरण रेग्मी पनि प्रतिष्पर्धामा सहभागी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रालयमा आएदेखि नै स्वास्थ्य सचिव डा.चौधरीसँग खटपट भएको थियो ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको