काठमाडौं : बुधबार राति काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङ्गकोट केन्द्रविन्दु भएर ५ म्याग्निचूडको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ ।सिन्धुपाल्चोक, काभ्रेमा ठूलो धक्का महसुस भएको स्थानीयले बताएका छन् ।  काठमाडौं उपत्यकामा पनि ठूलै धक्का महसुस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here