काठमाडौंको तापक्रम केही दिनयता दिनहुँजसो घट्दै, आज वर्षकै सबैभन्दा कम

काठमाडौं – काठमाडौं उपत्यकाको तापक्रम पछिल्लो केही दिनयता दिनहुँजसो घट्दै गएको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ।

शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो। बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो।

दिनहुँ तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भइरहेको छ। देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर पारिरहेको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने महाशाखाले जनाएको छ। दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने मौसमविद अर्यालले बताए।

पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने भएकाले शनिबारदेखि भने पश्चिमी भेगको मौसम सफा हुने सम्भावना रहेको अर्यालले बताए। यीबाहेक देशका अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सिफारिस

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको