गजलकार तथा गीतकार जितेन्द्र बाँनियाको पहिलो कृति गजल संग्रह ‘देशको ऐना’ सार्वजनिक भएको छ । जनगायक रामेश श्रेष्ठले एक समारोहको बीच देशको ऐनाको सार्वजनिक गरेका हुन् ।

काठमाडौं बौंद्ध चुच्चेपाटीमा रहेको ज्योति पार्टी प्यालेसमा ओखलढुङ्गा कला साहित्य समाजको दोस्रो अधिवेसनमा बाँनियाको गजल संग्रह लोर्कापण गरिएको हो ।

लोर्कापणपछि कृतिमा टिप्पणी गदैं रामेशले देशको ऐनाले वास्तवमै देशको यथार्थ चित्रण गरेको र वर्तमान राजनीति, सामाजिक विकृतिमा तिखो व्यंग्य प्रहार गरेको औल्याउँदैं गजल विधालाई थप उचाइमा पु¥याउन ‘देशको ऐना’ले योगदान दिने धारणा राखे ।

त्यसैगरी ओखलढुङ्गा कला साहित्य समाजको अध्यक्ष गम्बु शेर्पाले यो गजल संग्रह प्रवासमा रहने नेपालीको मात्र आवाज नबोलेर सम्पूर्ण नेपालीको प्रतिनिधि आवाज भएको बताए । एस. पी . प्रकाशन प्रा. लि. ले बजारमा ल्याएको देशको ऐनाको मुल्य २०० रहेको छ । उनको गजलमा हामी नेपालीको बानी कस्तो हुन्छ त्यसको यथार्थ चित्रण गरेका छन् ।

“बोतल नयाँ तर भित्र पानी पुरानै
नेपाल नयाँ नेपालीको बानी पुरानै ।”

गजलकारले आफू कोरिया रहँदा देशप्रति माया दर्शाउदैं कृतिमा देश प्रेम, वर्तमान राजनीति अस्थिरता र समाजमा व्याप्त विसंगति, विकृतिको उजागर गरेका छन् । विदेशबाट आउने रेमिटयान्सले देशको आधा अर्थतन्त्र धानेको छ । हरेक जवान छोेरा परिवार पाल्न विदेशिनु पर्ने बाध्यतालाई यसरी गजलमा पोखिन्छन् गजलकार ।

“छोरा हुर्कियो पासपोर्ट बनाउन रिन चाहियो
देशलाई त न जवान चाहियो न जमिन चाहियो ।”

देशको राजनीतिप्रति उनको चेत सहितको तिखो ब्यंग्य
“कहिले हावा बेचिन्छ पैसैका लागि कहिले पानी बेचिन्छ
नेपाल यस्तो बजार हो जहाँ घर जलाई खरानी बेचिन्छ”

संग्रहमा ५९ वटा गजल समेटिएको छ । गजलकारले कार्यक्रममा ४ वटा गजल वाचन गरेका थिए । कार्यक्रममा गजलकारका बा आमा, सञ्चारकर्मी पुरुषोत्तम दाहाल, युवा चर्चित मुक्तककार सन्तोष अम्गाई, कवि तथा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ, कमेडि च्याम्पियनका फाइनलिस्ट हिक्मत महरा, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव रामनाथ घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here