पुस्तक ‘उस्तै उस्तै मान्छे’ र एल्बम ‘मनको सागर’ विमोचन

स्वर्गिय कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ विमोचन गरिएको छ । सोमबार वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलज्यूको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथिहरु शिक्षक ईश्वरी भण्डारीज्यू, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागेज्यू , साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमीज्यू र चर्चित संगीतकार राजु सिंहज्यूको उपस्थितीमा विमोचन गरिएको हो ।

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित सो समारोहमा स्वर्गिय श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको थियो ।

स्वर्गिय कर्णकुमार श्रेष्ठको जन्म २००० सालमा गढीथुम्का, इलाममा भएको हो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील हुनुहन्थ्यो । करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा व्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गर्नुभएको थियो । अस्वस्थताका कारण २०७५ सालमा निधन हुनुभएका श्रेष्ठको यसअघि नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन् ।

विमोचित एल्बम ‘मनको सागर’मा मनको सागर, पाइला पाइलामा, मेरको थिए, जूनै जूनको, आफ्नै जिन्दगीलाई बोलका गीतहरु संग्रहित छन् । कूल ७ वटा गीतहरु संग्रहित गीत तथा गजलहरुमा गायक गायिकाहरु अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठले स्वर भरेका छन् ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको