प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण दुईपछि

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ।

अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि काफ्लेले भने।

एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो। स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा. काफ्लेको भनाइ छ।

यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन्। अनुकूल समय पारेर प्रत्यारोपण गरिने उनको भनाइ थियो।

मिर्गौला प्रत्यारोपणका क्रममा अर्को मिर्गौला राख्न सक्ने ठाउँ ठीक हुनुपर्ने डा. काफ्ले बताउँछन्। ‘पेटको संक्रमणले प्रधानमन्त्रीको आन्द्रा वरिपरिको झिल्लीमा कस्तो प्रभाव पारेको छ,’ उनले भने, ‘त्यसले शल्यक्रियाको जटिलतासमेत निर्धारण गर्छ।’

पछिल्लो समय डाक्टरहरूले प्रधानमन्त्रीको छिटोछिटो डायलसिस गरिरहेका छन्। आइतबारसम्म ६ दिनमा ४ पटक डायलसिस गरेका थिए। प्रधानमन्त्री ग्रान्डी हस्पिटलमा रहेका बेला भने २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो।

जटिल शल्यक्रिया, संक्रमण, शरीरमा फोहोर बढी जम्मा हुनु आदि कारणले प्रधानमन्त्री ओलीका मिर्गौलामा परेको भार घटाउन डायलसिस गरिरहनुपरेको डाक्टरहरूको भनाइ छ। ‘अहिलेको जटिल शारीरिक समस्याले मिर्गौला कमजोर नपारेको भए फाट्टफुट्ट गरिएको डायलसिसले काम गर्थ्यो,’ डा.काफ्लेले भने।

पछिल्लो शल्यक्रिया गर्नुअघिकै अवस्थामा प्रधानमन्त्रीको मिर्गौला रहिरहेमा डायलसिसको संख्या घटाउन सकिने डाक्टरहरू बताउँछन्। अन्यथा निरन्तर डायलसिसमा जानुपर्ने स्थिति आउने उनीहरूको भनाइ छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको