२३ स्वर्णसहित नेपाल ‘साग’ तालिकाको शीर्ष स्थानमा कायमै

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ ।

मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो ।

मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, करातेतर्फ महिला कुमुतेको ६८ केजीमुनि सुनिता महर्जन र ६७ केजीमुनिको कुमुतेमा नविन रसाइलीले स्वर्णपदक जिते ।

उसुमा छाङ क्वान थाउलोमा सुस्मिता तामाङ र विजय सिंजालीले स्वर्णपदक जिते ।

तेक्वान्दोमा ४६ केजीमुनि तौल समूहमा काजल श्रेष्ठ र ६८ केजीमुनि तौल समूहमा वीरबहादुर महराले स्वर्णपदक दिलाए ।

ट्रायथलनअन्तर्गत्को दुवाथलनमा हिमाल टमाटाले स्वर्णपदक जिते ।

नेपालले मंगलबारसम्म २३ स्वर्ण, ९ रजत र १२ कास्यसहित ४४ पदक जितेको छ ।

दोस्रो स्थानको भारतले १५ स्वर्ण, १२ रजत र ९ कास्यसहित ३३ पदक जितेको छ ।

तेस्रो स्थानको श्रीलंकाको ५ स्वर्ण, १४ रजत र २७ कास्यसहित ४६ पदक रहेको छ ।

चौथो स्थानको पाकिस्तानको ५ स्वर्ण, ११ रजत र ९ कास्यसहित २५ पदक जितेको छ ।

बंगलबादेश ४ स्वर्ण, ३ रजत र २१ कास्यसहित २८ पदक बटुल्दै पाँचौं स्थानमा छ ।

एक स्वर्णपदक जितेको माल्दिभ्स छैटौं स्थानमा छ भने पुछारको भुटानले ३ कास्यपदक जितेको छ ।

नेपालले सोमबारमात्रै तेक्वान्दो र करातेमा ७/७ तथा ट्रायथलनमा एक गरी एकैदिन १५ स्वर्णपदक जितेको थियो ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको