मलेसिया सरकारले माग्यो ३१ हजार दुई सय ९ जना नेपाली कामदार

काठमाडौं – मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको छ। समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको करिब एक महिनापछि मलेसियाले यति ठूलो संख्यामा नेपाली कामदार मागेको हो।

मलेसिया सरकारबाट मागपत्र प्रमाणीकरण भइ अक्टोबरको पहिलो साता मलेसियास्थित नेपाली दूतावासमा प्राप्त भइसकेको छ। दूतावासले पनि वैदेशिक रोजगार विभागमा सिफारिस गरिसकेको छ। दूतावासका अनुसार अक्टोबर र नोभेम्बरमा राजदूतावासमा पेस भएका मागपत्रअनुसार सबैभन्दा बढी माग औद्योगिक क्षेत्रमा छ। १७ हजार एक सय १६ जना श्रमिक यस क्षेत्रका लागि मागिएको छ। यस्तै सेवा क्षेत्र (सुरक्षा गार्डसहित)मा १० हजार एक सय ८३ जना श्रमिक आवश्यक छ। कृषि क्षेत्रमा एक हजार ४ सय ७५, प्लान्टेसनमा एक हजार ३ सय ९७ र निर्माणमा एक हजार ३० जना कामदार माग भएको उल्लेख छ।

मागपत्र प्रमाणीकरण

दूतावासले मागपत्र प्रमाणीकरण सरल, पारदर्शी र चुस्त बनाउन प्रत्येक प्रक्रियामा छुट्टाछुट्टै शाखा र कर्मचारी व्यवस्था गरेको छ। मागपत्र कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भइ १० देखि १२ बजेसम्म दूतावासमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। सिफारिस भएका मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा पठाउनुपर्नेछ।

वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ को व्यवस्थाअनुसार दूतावासमा पेस भएको १० दिन भित्र मागपत्र प्रमाणीकरण गर्नु पर्ने हुन्छ। मागपत्रको प्रमाणीकरण सम्भव भएसम्म पेस भएकै दिन गर्ने व्यवस्थासमेत गरिएको छ। यसैगरी गत वर्ष नै दूतावासबाट प्रमाणीकरण भएको भए पनि त्यसअनुसार कामदारको आपूर्ति नगरी नयाँ व्यवस्थाअनुसार प्रमाणीकरणका लागि पुनः पेस भई आएका मागपत्रको पनि सम्भव भएसम्म एकै दिनमा प्रमाणीकरण हुने व्यवस्था गरिएको छ।

२८ र २९ नोभेम्बरमा पेस भएका मागपत्रको प्रशोधन तथा रुजुको कार्य भइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २८ र २९ नोभेम्बरमा पेस भएका मागपत्र दूतवासले ४ डिसेम्बरमा वितरणगर्नेछ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको