लिङ्गे पिङमा सरर …

नेपालीहरुको महान् चाड बडादशैंको रमझम चलिरहेको छ । दशैं पर्वका बेला मिठो खाने र राम्रो लगाउने चलन रहिआएको छ । यो सँगै दशैंमा पिङ खेल्ने चलन पनि रहेको छ । वर्षमा एक पटक धर्ती नटेक्नु भन्ने मान्यताका कारण दशैंमा पिङ एक पटक भएपनि खेल्नुपर्ने मान्यता रहिआएको छ ।

दशैं मनोरम मौसमको बेला हो । दशैंमा मिठो मसिनो खाने र रमाइलो गर्ने प्रचलन रहिआएको छ । साथै पिङ खेल्ने प्रचलन छ । दशैको पिङमा सबै जातजाति अटाउछन्, भेदभाव–छुवाछुत चल्दैन । जागिर, व्यापार वा पढाइले र्गदा काठमाडौंमा बस्ने अरु जिल्लाका मानिसहरु दशैमा घर फर्कदा पिङ खेल्ने रहरलाई बलियोसंग सगालेर जाने गरेका छन् ।

मनसुने बादल नीलो आकाशमा फाट्दै–फाट्दै कपासझै फुर–फुर उडेको देखिन्छ । सरर चल्ने चिसो हावासंगै जमिनका मानिसहरुको उड्ने रहर बोकेर चङ्गाहरु आकासिंदै माथि–माथि पुग्छन् । मानिसको आकासिने रहर पिङ बनेर मच्चिने बेला पनि हो यो । दशैको बेला भुइँ छोड्नुर्पछ, पिङ खेल्नुर्पछ भन्ने पुरानो भनाइ नै छ । काठमाडौं उपत्यकाका काठ र त्यसबाहिर मात्र होइन, शहरकै टोलटोलमा पनि बासका पिङ हालेर युवायुवतीहरु मच्ची–मच्ची चच है † चच है † मा मनको उमङ्ग उडाउदै रमाउने गर्दछन् ।

दशैं भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दशैंको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर बर्षमा एक दिन न आउने हो ।

दशैंमा मनोरञ्जन गर्ने अनेक विधी छन् । तौर तरिका छन् । त्यसमध्ये परम्परागत तरिका हो, लिङ्गे पिङ । टिका थापिसकेपछि सबैजसो पिङमा मच्चिएर मनोरञ्जन गर्न हतारिन्छन् । पिङ एक रोमाञ्चक अनुभव पनि हो ।

दशैंलाई हामी मिठो मसिनो खाने चाड भन्छौं । खासगरी मासुजन्य परिकार खाने चाड । यतिबेला घरमा मिठोमसिना खाइन्छ । पाहुना लाग्दा मिठोमसिनो खाइन्छ । अनेकथरी खाइन्छ । आफन्तको मन राख्नका लागि पनि खानैपर्छ । यसरी खानाको मात्रा बढ्दा त्यसले स्वभाविक रुपमा हामो पाचन यन्त्रलाई असर गर्छ । मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ ।

यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।

यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ । त्यसैले दशैंमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको