अवाकस प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने

काठमाडौं- बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास एनसीमास नामक संस्थाले शनिबार काठमाडौं र भक्तपुरमा गरी ३ बटा विद्यालयमा अवाकस प्रतियोगिता सम्पन्न गरेको हो ।

काठमाडौंको गोंगबुस्थित नेशनल मोडेल साइन्स स्कुल, भक्तपुरको सुर्यविनायकस्थित नोबेल स्कुल र इडेन गार्डेनमा सम्पन्न प्रतियोगितामा करिब ५ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयहरुले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने बालविकास तथा एनसीमास संस्थाका निर्देशक तेजु नेपालले बताए ।

बालवालिकाको व्यक्तिगत, चारित्रिक,तथा पढाइलाई मध्यनजर गर्दै नेपालका थुप्रै विद्यालयहरुमा अवाकस प्रणालीलाई पाठ्यक्रममा समाबेश गरिएको छ । विगत १५ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई प्रभावकारी मानिएको छ । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई मन पराएका छन् ।

साथै, अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकरात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् । उनीहरुले अवाकसले आफ्ना बालबालिको ध्यान पढाईमा केन्द्रित भएको र अन्य विषयमा समेत बालबालिकाको पढाई राम्रो भएको भन्दै खुसी व्यक्त गरेका थिए।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने आयोजक जनाएको छ।

 

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको