अवाकस प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने

काठमाडौं- बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास एनसीमास नामक संस्थाले शनिबार काठमाडौं र भक्तपुरमा गरी ३ बटा विद्यालयमा अवाकस प्रतियोगिता सम्पन्न गरेको हो ।

काठमाडौंको गोंगबुस्थित नेशनल मोडेल साइन्स स्कुल, भक्तपुरको सुर्यविनायकस्थित नोबेल स्कुल र इडेन गार्डेनमा सम्पन्न प्रतियोगितामा करिब ५ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयहरुले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने बालविकास तथा एनसीमास संस्थाका निर्देशक तेजु नेपालले बताए ।

बालवालिकाको व्यक्तिगत, चारित्रिक,तथा पढाइलाई मध्यनजर गर्दै नेपालका थुप्रै विद्यालयहरुमा अवाकस प्रणालीलाई पाठ्यक्रममा समाबेश गरिएको छ । विगत १५ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई प्रभावकारी मानिएको छ । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई मन पराएका छन् ।

साथै, अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकरात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् । उनीहरुले अवाकसले आफ्ना बालबालिको ध्यान पढाईमा केन्द्रित भएको र अन्य विषयमा समेत बालबालिकाको पढाई राम्रो भएको भन्दै खुसी व्यक्त गरेका थिए।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने आयोजक जनाएको छ।

 

सिफारिस

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

धेरै पढिएको