रामकुमारी झाँकीसहित यी तीन मन्त्रीलाई पार्टी भित्र किन बनाइयो जिम्मेवारीविहीन ?

एकीकृत समाजवादीले सरकारमा सहभागी भएका नेताहरूलाई पार्टीमा दिएको जिम्मेवारीविहीन बनाएको छ। सहरी विकासमन्त्री एवंम नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री लगायत नेताहरूलाई पार्टीमा कुनै पनि जिम्मेवारी दिइएन ।

झाँक्रीसहित तीन मन्त्रीलाई पार्टीमा विभागीय जिम्मेवारीविहीन बनाइएको हो । गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि–२) जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्रीरामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सरकारमा काम गर्ने वातावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।

पार्टीले ३३५ नेताहरूको कार्यविभाजन गरेको छ । पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र स्थायी कमिटीको सातौं बैठकले नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हाो ।

जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसैगरी मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्ज, प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।

उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाएका छन् । प्रमेश हमाल पार्टी स्कूल विभाग प्रमुख, महासचिव डा बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता, उपमहसचिव प्रकाश ज्वाला सङ्गठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज तोकिएको आपनीमा उल्लखे छ ।

उपमहसचिव डा गङ्गालाल तुलाधर केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, उपमहसचिव डा विजय पौडेल मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, उपमहसचिव जगन्नाथ खतिवडा सचिव तथा प्रचार विभाग तथा संचार फाँट इन्चार्ज बनेका छन् ।

त्यस्तै सचिव नागेन्द्र चौधरी वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख, जीवनराम श्रेष्ठ वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख काठमाडौं जिल्ला इन्चार्ज, उर्वादत्त पन्त स्थायी कमिटी सदस्य भौतिक योजना विभाग प्रमुख रहेका छन् ।

गोविन्द कोइराला सहकारी तथा गरीबी निवारण विभाग प्रमुख, गौरा प्रसाई कोइराला समाज कल्याण विभाग प्रमुख, बलराम बास्कोटा कृषि तथा भूमिसुधार विभाग प्रमुख किसान फाँट इञ्चार्ज, भानुभक्त जैसी जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख रहेका छन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको