काठमाण्डाै उपत्यकाको तापक्रम साेमबार यो बर्षकै कम मापन गरिएकाे छ । काठमाण्डौको साेमबार बिहानकाे तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । यस्तै, साेमबार देशको पूर्वी र मध्य पहाडी भेगको आकाशमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तराई क्षेत्रमा अहिले लागेको हुस्सु पनि विस्तारै हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । आउने बुधबारसम्म देशभरीकै मौसम यस्तै रहने र बुधबारबाट पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्ने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको उहाँको भनाई छ ।