अष्टलक्ष्मी शाक्यले राखिन् एकताको प्रस्ताव, के गर्लान् माधव प्रचण्ड ?

काठमाडौँ –  वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छिन् ।

नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताईन् ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताईन् ।

 त्यस्तै उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।

बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखेकी छन्।

बुधबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्।

एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतार गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन्। उनले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहोर्‍याइन्।

‘अब ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आइसकेको छ। सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ। त्यतिमात्र होइन वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु। किनभन्दा खेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो। वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो। हाम्रो पाइला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरु सोच्ने बेला आएको छ’ उपाध्यक्ष शाक्यले भनिन, ‘त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होइन र हतारहतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा म चाहिँ छैन किनभने यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँ समूहगत स्वार्थ छिर्न दिनुहुँदैन। मैले समूहगत स्वार्थ भनिराखेको छु। पार्टीभित्र यो पनि हावी भएको छ। समूहगत स्वार्थ छिर्न दिनु हुँदैन। व्यक्तिगत स्वार्थ छिराउनु हुँदैन। आफ्नो पारिवारिक स्वार्थदेखि अनेकौं स्वार्थहरु हावी भइराखेको छ। यसो हुने हो भने पार्टीको वडा तह बलियो हुन सक्दैन। सुदृढ हुन सक्दैन।’

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइन्। समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम महर्जन (ललितपुर) र झङक कँडेल (रामेछाप) एमालेमा प्रवेश गरेको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको