• डा. सुरज कर्माचार्य, 

बाथ रोग भनेको के हो ?

हामीले सामान्य बुझाईमा शरीरका कुनै पनि जोर्नी सुन्निने, दुख्ने वा जोर्नी सम्बन्धी हुने
समस्यालाई बाथ रोग भनेर भन्दछौं । हाम्रो शरीरका जोर्नीलाई असर गरेर खराबी उत्पन्न गराउने
रोगलाई बाथ रोग भनिन्छ । बाथ रोग शरीरका जोर्नीसँग सम्बन्धी रोग हो । उदाहरणको लागि हड्डी
खिइएको, यूरिक एसिडलाई पनि हामीले बाथ रोगको रुपमा लिन्छौं । बाथ रोगले शरीरका स–साना
जोर्नी देखि ठूला जोर्नीसम्म लाइ असर पु¥याउँदछ ।

बाथ रोगका लक्षणहरु :

शरीरका कुनै पनि जोर्नी दुख्नेसुन्निने,
घुँडाको जोर्नी दुख्ने,
हातखुट्टाको औंलाको जोर्नी दुख्ने,
कुहिना दुख्ने,
शरीरका जोर्नी दुख्ने,
मेरुदण्डका जोर्नी दुख्ने,
हिपजोइन्टको जोर्नी दुख्ने सुन्निने,
हिड्न नसक्ने गरी शरीरका जोर्नी दुख्ने,
ज्वरो आउने,
शरीरका जोर्नीहरु आलोपालो गर्दै दुख्ने आदि ।

बाथ रोगको जटिलता :

बाथ रोग शरीरमा जोर्नीहरु सँग सम्बन्धित रोग हो । हाम्रो शरीरमा जोर्नीहरु नहुने हो वा जोर्नीले
राम्रो काम नगर्ने हो भने हामी मूर्ति जस्तो वा अपाङ्ग बन्दछौं । अतः बाथ रोगको समयमै उपचार
गरिएन भने जोर्नीहरु विग्रने वा जोर्नीले काम नगर्ने हुन सक्दछ । अन्तमा बाथ रोगले अपाङ्ग नै
बनाउँदछ ।

बाथ रोगको विरामीले खान नहुने कुराहरु :

रातो मासु,
सुकेको गेडागुडी,
च्याउ,
दही,
पनिर चिज,
काउली, बन्दा, भान्टा, ब्रो काउली,
तामा, गुन्द्रुक,
तोरीको साग, पालुङ्गोको साग,
पाकेको फर्सी
पुराना अचार,
केरा, अनार, कालो अनार,
वाइन, वियर आदि ।

ब्लु लोटस हस्पिटलमा बाथ रोगको उपचार 

हामीले यस हस्पिटलमा आएका विरामीलाई नेपालकै प्रथम अकपञ्चर विशेषज्ञ सहितको समूहबाट
नेपालकै उत्कृष्ट सेवा दिइरहेका छौं । हाम्रो हस्पिटलमा आएर धेरै बाथ रोगका विरामीलाई निको
पारेर घर पठाएकाछौँ । बाथ रोगको विरामीलाई आयुर्वेदिक जडिबुटी, औषधी, अकुपञ्चर, पञ्चकर्म
थेरापी, प्राकृतिक चिकित्सा लगायतका विधिबाट उपचार गर्दछौं ।
के बाथ रोग निको हुन्छ ?
बाथ रोग लाग्न साथ समयमै विरामी हाम्रो हस्पिटलमा आउनु भयो भने हामीले निको बनाएर
पठाउँछौं । विशेषज्ञबाट उपचार गर्ने हो भने बाथ रोग निको पार्न सकिन्छ ।

( नेपालकै प्रथम अकुपञ्चर विशषज्ञ डा. सुरज कर्माचार्य ब्लु लोटस हस्पिटल, त्रिपुरेश्वरमा कार्यरत
हुनुहुन्छ)

1 COMMENT

  1. Hello and Namaste
    I have some questions
    1. How long we need to take medicine
    2. I am suffering since 1 years how can i come back in normal life
    3. I am 52 years old woman

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here