महेश सिंह 
सिरहा :सिरहाको पुर्ब पश्चिम् गोलबजार न.पा. ४ राजमार्ग अन्तरगत सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ  । एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा -१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्सले एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको हो।
 मण्डलको उपचारको लागि विराटनगर लाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here