काठमाडौँ – संञ्चारकर्मी तथा गायक शुलिन शाक्यले नेपाली सांगीतिक बजारमा गीति एल्वम ‘सिंगर’ बजारमा ल्याएका छन् । केही दिन अघि एक कार्यक्रमकाबीच उनले सो एल्बम विमोचन गरेका हुन् ।

गायक शाक्यको एल्वममा ११ वटा गीत समाबेश गरिएको छ । कसम, जन्ती, नशा, अल्झेछ, बर्बराउँछु, मर्छु बरु, प्रतीक्षा, तसकं बांलाः, डाँफे, सुन्दर शान्त नेपाल र रोल्पाली भाइ रुकुमे दाइ लगायतका गीत रहेका छन् ।

गायक शाक्यले विभिन्न टेलिभिजनमा समाचार बाचन गर्नुका साथै नेपाल भाषाका धेरै गीत गाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here