महेश सिंह
सिरहा – सिरहाको सिमेन्ट उद्योगमा एक मजदुरले आत्महत्या गरेका छन् । उद्योगमा बिगत २ वर्षदेखी कार्यरत रहेकी २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेपछि मृतका आफन्तहरुले त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरेका छन् ।
व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन । मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उद्योग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेका हुन् ।