अन्योलमा कांग्रेस महाधिवेशन : केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी

काठमाडौं – नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ ।

तर, १३औं महाधिवेशन सकिएको चार वर्ष पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् ।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औं महाधिवेशन एक वर्ष धकेल्ने गरी तयारी अघि बढाएका हुन् ।

उनले पार्टीमा रिक्त रहेका विभाग, कार्यसम्पादन समितिसहित नेतृत्वविहीन अवस्थामा रहेका भ्रातृसंगठनलाई पहिले पूर्णता दिने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका हुन् ।

देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आउने फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नरहेकाले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर २०७७ फागुनमा १४औं महाधिवेशन हुने बताए ।

‘आउने फागुनमा महाधिवेशन गर्ने अवस्था रहेन, अब नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु हुन्छ र नवीकरणको कामसमेत सकेर २०७७ फागुनमा महाधिवेशन गर्ने गरी तयारी अघि बढ्छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य विश्वकर्माले भनेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको