काठमाडौँ – रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला संचारकर्मीहरुको अन्तराष्ट्रिय छाता संगठन आइवार्ट नेपाल च्याप्टरले तेस्रो ‘आइवार्ट सर्ट फिल्म फेष्टिबल २०२१’ को आवेदन खुल्ला गरेको छ ।

फिल्म निर्माण, निर्देशन, लेखन लगायतका क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१८ बाट फिल्म फेष्टिबल आयोजना हुँदै आएको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष मन्टेश्वरी राजभण्डारीले जानकारी दिइन् ।

सर्ट फिल्म फेष्टिबलमा सहभागिताको लागि, ३ देखि १५ मिनेटसम्मको फिल्म हुनपर्ने, महिला निर्देशक हुनपर्ने, फिल्म एफएचडी फरम्याटमा हुन पर्ने सर्ट फिल्म फेष्टीबलकी संयोजक इच्छा गुरुङले बताइन् । फिल्मको लागि नोभेम्बर १६ तारिखसम्म डेटलाइन रहेको उनको भनाइ छ।

फेष्टीबलमा फिल्म बिषयमा अध्ययनरत विद्यार्थीहरू, संचारकर्मी, तथा फिल्म निर्माणमा रुचि भएका विभिन्न क्षेत्रमा आबद्द भएकाहरुले फिल्म सहभागिता जनाउदै आएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण २०१९ बाट फिल्म फेष्टीबल भर्चुवल माध्यमबाट हुँदै आएको र यस बर्ष पनि भर्चुअल माध्यमबाट नै हुने आयोजकले जनाएको छ ।

गत बर्ष संगीता श्रेष्ठको सर्ट फिल्म ‘आइसक्रिम’ र रजिला श्रेष्ठको ‘लाखे’ ले  उपाधि जितेका थिए भने निशा मानन्धरको ‘आइ एम अ फाइटर’ फस्ट रनरअप हुन् सफल भएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here